काठमाडौं। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बहुमतीय प्रक्रियाबाट संविधान निर्माणका लागि गठन गरिएको प्रस्ताव निर्माण (प्रश्नावली)समिति विघटन सत्तारुढ दलसँग वार्ताको ‘बटमलाइन’ भएको बताएका छन्। ३० दलीय विपक्षी मोर्चाका संयोजकसमेत रहेका दाहालले समिति विघटन भए वार्ताको वातावरण बन्ने जिकिर गरे ।
उनले प्रश्नावली समितिलाई ‘बेकारको समिति’ को संज्ञा दिए। ‘कांग्रेस–एमालेलाई भनिसकेको छु, यो बेकारको समिति हो,’ शुक्रबार विराटनगरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले भने, ‘जनतालाई हैरान बनाउने प्रश्नावली समिति विघटन गरौं वा निलम्बन गरौं।’
समिति खारेज नगरे सत्तारुढ दल कांग्रेस–एमालेका शीर्ष नेताले सार्वजनिक वक्तव्य निकालेर ‘शान्ति सम्झौता र १२ बुँदे सहमतिबाट टाढा जाँदैनौं’ भनेर प्रतिबद्धता जनाउनुपर्ने दाहालको माग छ । ‘यो दुईटा काम भयो भने वार्तामा बस्छौं,’ उनले भने, ‘हामीले हेर्दा सहमति टाढा छैन, कांग्रेस–एमालेका केही नेताले सहमति भाँडेका मात्र हुन् ।’
संविधानसभाबाट नभागेको बताउँदै उनले संविधानसभाबाटै संविधान बनाउनुपर्छ भनेर आफूहरुले बलिदानी गरेको बताए । उनले माघ ५ मै शासकीय स्वरुप र संघीयतामा मोटामोटी सहमति भइसकेको जानकारी दिँदै भने, ‘सहमति हुनै लागेको देखेर कांग्रेस–एमालेका केही नेता आत्तिए, प्रक्रियामा लगेर हामीलाई धकेल्ने र भित्तामा पुरयाउने प्रयास भएकै हो ।’
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा