काठमाडौं। नेकपा–माओवादीले एकीकृत नेकपा (माओवादी) सँग एकताका लागि पहल गर्ने बताएको छ । जनयुद्ध, जनआन्दोलनकारी शक्तिको एकता जरुरी रहेको ठहर गर्दै सो पार्टीले परिवर्तनका एजेन्डा र मूल्य–मान्यता धरापमा परेको भन्दै पार्टी एकताको पहल गर्ने निर्णय गरेको छ । 
केन्द्रीय समितिको निर्णयबारे जानकारी दिन बिहीबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी शक्तिबीच एकता प्रक्रिया सुरु भएको जानकारी दिए । संविधानसभाको दोस्रो निर्वाचनपछि परिवर्तनकारी शक्ति अल्पमतमा परेको निष्कर्ष निकाल्दै नेपाली कांग्रेस र नेकपा (एमाले) ले विगतको सहमति तथा सम्झौता लत्याएर एमाओवादीलगायत शक्तिलाई समेत बाहेक गरेकाले पार्टी एकता आवश्यक भएको वैद्यको भनाइ थियो ।
माओवादीले फागुन १ गतेदेखि चैत २४ गतसम्म मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार