बुधबार, चैत २६ २०७६ | Wed, April 08, 2020
नेपालको समय: १३:२५ | UK Time: 08:40

पत्रकारहरु कोइराला, पोखरेल, शेर्पा र जिएम पुरस्कृत

विनेपाली
२०७१ माघ २२ गते १९:४५

काठमाडौं। प्रेस चौतारीले बुधबार स्थापना दिवसका अवसरमा पत्रकारिता तथा आमसञ्चारका क्षेत्रमा भूमिका निर्वाह गर्ने विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। घोषित पुरस्कारमध्ये ‘हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार तीर्थ कोइरालालाई, ‘अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार गोविन्द पोखरेललाई, ‘वीरेन्द्र साह युवा क्रियाशील पत्रकारिता पुरस्कार’ सङ्खुवासभा युवा पत्रकार छेटु शेर्पा र ‘डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार’ रोल्पका ईश्वरी जिएमलाई दिइने निर्णय भएको छ ।

तीर्थ कोइराला

तीर्थ कोइराला

स्थापना दिवसमा काठमाडौमा आयोजित कार्यक्रममा अध्यक्ष अर्यालले सो घोषणा गरेका हुन्। यस्तै चौतारीले दार्चुला, दाङ, कास्की, चितवन र मोरङ जिल्लालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । ती पुरस्कार आगामी प्रेस स्वतन्त्रता दिवस (मे ३) मा प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक