बुधबार, कार्तिक ५ २०७७ | Wed, October 21, 2020
नेपालको समय: १६:०३ | UK Time: 11:18

प्रश्नावली समिति म्याद पाँच दिन थप्ने तयारी

वीनेपाली
२०७१ माघ २० गते १९:४६

काठमाडौं। विवादकाबीच नयाँ संविधानको अन्तर्वस्तुको विषयलाई मतदान प्रश्नहरु तयार गर्न गठन गरिएको प्रस्ताव निर्माण समितिले निर्धारित समयमा काम पुरा गर्न नसकेपछि ५ दिन थप्ने तयारी भएको छ।quationer ca

संविधानसभाको माघ ११ गतेको बैठकले समितिको पहिलो बैठक बसेको पाँच दिनभित्र प्रश्नहरु तयार गर्ने गरी समिति गठन गरिएको थियो ।

‘समितिको गठन हुँदा ५ दिनको समयमा दिइएकाले त्यो भन्दा थप समय दिँदा त्यो भन्दा बढी थप्न मिल्दैन,’ संविधानसभा सचिवालय स्रोतले भन्यो।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिको म्याद थप्नका लागि बिहीबार दिउँसो १ बजे संविधासभाको बैठक आह्वान गरेका छन्।

‘प्रस्ताव निर्माण समितिले प्रश्नहरु तयार पारेमा त्यसामाथि छलफल शुरु हुन्छ। होइन भने समितिको थप समय दिइने छ,’ सचिवालय स्रोतले भन्यो । सभाध्यक्ष नेम्वाङ समितिको म्याद थप्दा दलहरुले समिति गर्न दलहरुले थप समय पाउने हुँदा समय थप्ने पक्षमा रहेका छन्।

प्रस्ताव निर्माण समितिले एमालेका प्रमुख सचेतक अग्नी खरेलको संयोजकत्वमा गठित प्रश्न निर्माण समितिले समयावधी एक दिन मात्रै बाँकी रहेको अवस्थामा तीन वटा शीर्षकमा मात्रै प्रश्न तयार पारेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक