काठमाडौ। एकीकृत नेकपा माओवादीले संविधानसभामा प्रश्नवली अनुमोदन गराउन बिहीबारका लागि आह्वान गरेको संविधानसभाको बैठक बहिस्कार गर्ने भएको छ। संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको कार्य बहुमतीय प्रक्रियाबाट अघि बढाउन शुरु गरेदेखि नै एमाओवादीसहित विपक्षी गठबन्धन विरोधमा उत्रिएको छ। 
एमाओवादीका संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बहुमतीय प्रक्रियामा सहभागी नहुने निर्णयअनुसार बहिस्कार गर्न लागिएको बताएका छन्।
‘हामीले बहुमतीय प्रक्रियाको विरोध गर्दै आएका छौं, बिहीबारको बैठक त्यसैको निरन्तरताका रूपमा बुझेका छौं, बहुमतीय प्रक्रियामा हाम्रो सहभागिता रहन्न, सभाध्यक्षले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर बहुमतीय प्रक्रिया सच्चाएको जानकारी गराउनुभएको छैन,’ पोखरेलले भने, ‘तर यसको अर्थ हामीले संविधानसभा छाडेको भन्ने होइन । हाम्रो प्रयास अहिले पनि सहमतिकै आधारमा संविधान जारी हुनुपर्छ भन्नेमा छ ।’
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी विज्ञप्तिमा बिहीबार दिउँसो एकका लागि बैठक बोलाएको उल्लेख छ। एमाओवादीले सभाध्यक्षले बहुमतीय प्रक्रिया शुरु गरेपछि सहमतिका लागि दवाव दिने भन्दै सडक आन्दोलन घोषणा गरेको छ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा