काठमाडौ। एकीकृत नेकपा माओवादीले संविधानसभामा प्रश्नवली अनुमोदन गराउन बिहीबारका लागि आह्वान गरेको संविधानसभाको बैठक बहिस्कार गर्ने भएको छ। संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको कार्य बहुमतीय प्रक्रियाबाट अघि बढाउन शुरु गरेदेखि नै एमाओवादीसहित विपक्षी गठबन्धन विरोधमा उत्रिएको छ। 
एमाओवादीका संसदीय दलका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बहुमतीय प्रक्रियामा सहभागी नहुने निर्णयअनुसार बहिस्कार गर्न लागिएको बताएका छन्।
‘हामीले बहुमतीय प्रक्रियाको विरोध गर्दै आएका छौं, बिहीबारको बैठक त्यसैको निरन्तरताका रूपमा बुझेका छौं, बहुमतीय प्रक्रियामा हाम्रो सहभागिता रहन्न, सभाध्यक्षले कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर बहुमतीय प्रक्रिया सच्चाएको जानकारी गराउनुभएको छैन,’ पोखरेलले भने, ‘तर यसको अर्थ हामीले संविधानसभा छाडेको भन्ने होइन । हाम्रो प्रयास अहिले पनि सहमतिकै आधारमा संविधान जारी हुनुपर्छ भन्नेमा छ ।’
संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी विज्ञप्तिमा बिहीबार दिउँसो एकका लागि बैठक बोलाएको उल्लेख छ। एमाओवादीले सभाध्यक्षले बहुमतीय प्रक्रिया शुरु गरेपछि सहमतिका लागि दवाव दिने भन्दै सडक आन्दोलन घोषणा गरेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते