
अन्ततः एनआरएनए युकेले बोलायो विशेष अधिवेसन
लण्डन । गैरआवासीय नेपाली महासंघ (एनआरएनए) युकेले नेतृत्व हस्तान्तरणका लागि यही फेब्रुअरी २१ तारिखमा विशेष अधिवेसन बोलाएको छ ।
एनआरएनए आइसिसीले दुईपटक पत्र काटेपछि एनआरएनए युकेको आज सम्पन्न बैठकले बाध्य भई विशेष अधिवेसन बोलाएको हो ।
बैठकपछि महासचिव योगकुमार फगामी र सहमहासचिव संगीता मरहट्ठाका नाममा आजै पठाइएको निमन्त्रणापत्रमा फेब्रुअरी २१ का दिन बिहान ११ बजेदेखि अल्डरसटस्थित कन्नड स्कुलमा विशेष अधिवेसन बोलाइएको उल्लेख छ ।
बैठकले विशेष साधारणसभा अगावै आर्थिक हरहिसाब टुंगो लगाउनु पर्ने निर्णय पनि गरेको छ । जसका लागि यही फेब्रुअरी ८ तारिखमा बैठक बोलाइएको छ । सो बैठकमा निवर्तमान कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, संरक्षक परिषद, वर्तमान कार्यसमितिका अध्यक्ष तथा पदाधिकारीहरु, निर्वाचन कमिटि तथा महेन्द्र कंडेललाई बोलाउने बताइएको छ ।
तर आर्थिक हरहिसाब नटुंगिएको अवस्थामा के गर्ने भन्ने बारेमा भने प्रष्ट पारिएको छैन ।
यसअघि आइसिसीले फेब्रुअरी २२ भित्र विशेष अधिवेसन बोलाउन निर्देशन दिएको थियो । सो निर्देशन आलटाल गर्न खोजेपछि आइसिसीले पुन पत्र काटेको थियो ।
तत्काल विशेष अधिवेसन नबोलाएकोमा एनआरएनए युकेका पदाधिकारीहरुको रवैयाप्रति यसका संरक्षक प्रा.डा. सूर्य सुवेदी तथा संरक्षक परिषद्का सदस्य मेजर रिटायर्ड डमर घलेले कडा आपत्ति जनाएका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई