काठमाडौं। संविधानसभाले बनाएको प्रस्ताव निर्माण समितिले गणतन्त्र, धर्मनिपरेक्षता, समावेशिता र संघीयता विषयलाई मतदानमा नलैजाने भएको छ । अघिल्लो संविधानसभाको पहिलो बैठकले नै निर्णय गरिसकेका ती विषयमा अब कुनै पनि प्रश्न बनाउन नमिल्ने गरी आन्तरिक कार्यविधि तयार भएको छ।
कांग्रेसका सभाषद् रमेश लेखक नेतृत्वमा गठित उप-समितिले असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावलीसहितको प्रस्ताव निर्माण गर्ने गरी तयार गरेको आन्तरिक कार्यविधि समितिले आइतबार पारित गरेको छ। समितिले सोमबारदेखि प्रश्नावली बनाउन आन्तरिक गृहकार्य थाल्नेछ।
विगतमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्षलगायत विभिन्न आन्दोलनको भावना र त्यसबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न बनेको अन्तरिम संविधानले प्रत्याभूत गरेका र पहिलो संविधानसभाको पहिलो बैठकबाट पारित भएका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता प्रतिकूल नहुने गरी समितिले कार्यसम्पादन गर्ने कार्यविधि बनाइएको छ। तर, यसमा असहमति जनाउँदै राप्रपा नेपालले प्रस्ताव समितिको बैठक बहिष्कार गरेको छ।
कार्यविधिमा राप्रपा नेपालले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताका सम्बन्धमा पनि निर्णय गर्नुपर्ने माग गरेको थियो । उक्त मागमा अन्य दल असहमत भएपछि राप्रपा नेपालले समितिमा नरहने निर्णय गर्दै बहिष्कार गरेको हो।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक