काठमाडौ। संविधान निर्माणमा सत्तारुढ दलहरुले पेलेर जान खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले देशव्यापी रुपमा आन्दोलन चलाउने कमाण्डर तोकेको छ। आइतवार बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी आन्दोलन चलाउने निर्णय गर्दै त्यसको जिम्मेवारीसमेत तोकेको छ।
अध्यक्ष पुष्पकमल दाहाललाई मध्यामाञ्चल, नेता बाबुराम भट्टराईलाई पश्चिमाञ्चल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पुर्वाञ्चलको कमाण्डर तोकिएको छ ।
पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले महासचिव कृष्णबहादुर महरा, सचिवहरु टोपबहादुर रायमाझी र वर्षमान पुनलाई केन्द्रीय कार्यालय समन्वय गरी संचालन गर्ने जिम्मेवारी तोकिएको दाहालले बताए।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले जबर्जस्ती प्रक्रियामा जाने कांग्रेस–एमालेको निर्णय विरुद्ध जस्तोसुकै प्रतिवाद गर्ने बताए।
‘बहुमतीय प्रक्रियामा जाने निर्णय विरुद्ध जस्तो सुकै प्रतिवाद हुनसक्छ,’ दाहालले भने,’त्यसका लागि शान्तिपुर्ण संघर्षको अधिकतम प्रयोग गर्छौं।’ शान्ति र लोकतन्त्र विरुद्ध गएर हतियार भने नउठाउने उनको भनाइ थियो।
‘बहुमतीय प्रक्रिया नसच्याएसम्म हामी नफर्कन पनि सक्छौं,’ उनले भने। दाहालले ०६२/६३ को जस्तो आन्दोलन गर्ने संकेत गरे। तर, वार्ता र छलफलको लागि आफूहरु जहिले पनि तयार रहने उनले बताए। प्रश्नावली समिति गठनको लागि प्रस्ताव निर्माण समिति गठन गर्ने संविधानसभा अध्यक्षको घोषणापछि प्रमुख प्रतिपक्ष एकीकृत माओवादीसहितको १९ दलीय मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गरिसकेको छ।
उनले आन्दोलन चर्काउन चाँडै काठमाडौं छाड्ने बताएका छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते