काठमाडौ। संविधान निर्माणमा सत्तारुढ दलहरुले पेलेर जान खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल एकीकृत नेकपा माओवादीले देशव्यापी रुपमा आन्दोलन चलाउने कमाण्डर तोकेको छ। आइतवार बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी आन्दोलन चलाउने निर्णय गर्दै त्यसको जिम्मेवारीसमेत तोकेको छ।
अध्यक्ष पुष्पकमल दाहाललाई मध्यामाञ्चल, नेता बाबुराम भट्टराईलाई पश्चिमाञ्चल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पुर्वाञ्चलको कमाण्डर तोकिएको छ ।
पार्टी कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहालले महासचिव कृष्णबहादुर महरा, सचिवहरु टोपबहादुर रायमाझी र वर्षमान पुनलाई केन्द्रीय कार्यालय समन्वय गरी संचालन गर्ने जिम्मेवारी तोकिएको दाहालले बताए।
पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले जबर्जस्ती प्रक्रियामा जाने कांग्रेस–एमालेको निर्णय विरुद्ध जस्तोसुकै प्रतिवाद गर्ने बताए।
‘बहुमतीय प्रक्रियामा जाने निर्णय विरुद्ध जस्तो सुकै प्रतिवाद हुनसक्छ,’ दाहालले भने,’त्यसका लागि शान्तिपुर्ण संघर्षको अधिकतम प्रयोग गर्छौं।’ शान्ति र लोकतन्त्र विरुद्ध गएर हतियार भने नउठाउने उनको भनाइ थियो।
‘बहुमतीय प्रक्रिया नसच्याएसम्म हामी नफर्कन पनि सक्छौं,’ उनले भने। दाहालले ०६२/६३ को जस्तो आन्दोलन गर्ने संकेत गरे। तर, वार्ता र छलफलको लागि आफूहरु जहिले पनि तयार रहने उनले बताए। प्रश्नावली समिति गठनको लागि प्रस्ताव निर्माण समिति गठन गर्ने संविधानसभा अध्यक्षको घोषणापछि प्रमुख प्रतिपक्ष एकीकृत माओवादीसहितको १९ दलीय मोर्चाले चरणबद्ध आन्दोलन घोषणा गरिसकेको छ।
उनले आन्दोलन चर्काउन चाँडै काठमाडौं छाड्ने बताएका छन्।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण