काठमाडौँ। एकीकृत नेकपा माओवादीसहित आन्दोलनरत विपक्षी गठबन्धनले खारेजी गर्नुपर्ने माग गर्दै आएको प्रश्नावली समितिले आवश्यक कार्यविधि बनाउनका लागि उपसमिति गठन गरेको छ ।
सिंहदबारमा भएको प्रस्ताव समितिको पहिलो बैठकले नेपाली काँग्रेसका सभासद् रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा राप्रपाका दीपक बोहोरा, एमालेका भानुभक्त ढकाल, नेपाली कांग्रेसका किरण यादव, राप्रपा नेपालका दिलनाथ गिरी, एमालेकी श्रीमाया थकाली, स्वतन्त्र अतहर कमाल मुसलवान सदस्य रहेका छन् ।
समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ नेपालगन्ज कार्यक्रममा सहभागी भएर राजधानी फर्कन ढिला भएका कारण पूर्व निर्धारित समय दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।
संविधान निर्माणका सम्बन्धमा देखिएका मूलभूत विवादित विषयमा प्रश्नावली समितिले प्रश्न बनाउने छ। समितिलाई बैठक सुरु भएको मितिले पाँच दिनको समयसीमा प्रदान गरिएको छ ।
प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहेको १९ दलीय मोर्चाको विरोधका बाबजुद गठित समितिको पहिलो बैठक बसेको हो।
बैठकले एमाओवादी र ऊ सम्बद्ध मोर्चामा रहेका दलहरुलाई समेत सहभागी हुन आग्रह गरेको छ ।
बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा नेपाल, राप्रपा, नेकपा (माले), नेकपा (संयुक्त) लगायत ११ दल र दुई जना स्वतन्त्र सभासद्को सहभागिता थियो। सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षी दलको विरोधकाबीच माघ ११ गते समिति गठन गरेका थिए।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ