काठमाडौँ। एकीकृत नेकपा माओवादीसहित आन्दोलनरत विपक्षी गठबन्धनले खारेजी गर्नुपर्ने माग गर्दै आएको प्रश्नावली समितिले आवश्यक कार्यविधि बनाउनका लागि उपसमिति गठन गरेको छ ।
सिंहदबारमा भएको प्रस्ताव समितिको पहिलो बैठकले नेपाली काँग्रेसका सभासद् रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा राप्रपाका दीपक बोहोरा, एमालेका भानुभक्त ढकाल, नेपाली कांग्रेसका किरण यादव, राप्रपा नेपालका दिलनाथ गिरी, एमालेकी श्रीमाया थकाली, स्वतन्त्र अतहर कमाल मुसलवान सदस्य रहेका छन् ।
समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङ नेपालगन्ज कार्यक्रममा सहभागी भएर राजधानी फर्कन ढिला भएका कारण पूर्व निर्धारित समय दिउँसो १ बजेका लागि तय गरिएको बैठक करिब तीन घन्टा ढिलो गरी सुरु भएको थियो ।
संविधान निर्माणका सम्बन्धमा देखिएका मूलभूत विवादित विषयमा प्रश्नावली समितिले प्रश्न बनाउने छ। समितिलाई बैठक सुरु भएको मितिले पाँच दिनको समयसीमा प्रदान गरिएको छ ।
प्रमुख राजनीतिक दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा विवाद रहँदै आएको छ। एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहेको १९ दलीय मोर्चाको विरोधका बाबजुद गठित समितिको पहिलो बैठक बसेको हो।
बैठकले एमाओवादी र ऊ सम्बद्ध मोर्चामा रहेका दलहरुलाई समेत सहभागी हुन आग्रह गरेको छ ।
बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), राप्रपा नेपाल, राप्रपा, नेकपा (माले), नेकपा (संयुक्त) लगायत ११ दल र दुई जना स्वतन्त्र सभासद्को सहभागिता थियो। सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले विपक्षी दलको विरोधकाबीच माघ ११ गते समिति गठन गरेका थिए।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]