बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: १८:१९ | UK Time: 13:34

नेपालको वन अध्ययनमा नासाले साढे सात करोड खर्चिने

वीनेपाली
२०७१ माघ १५ गते २०:५२

काठमाडौं। अन्तरिक्ष विज्ञान सम्बन्धी काम गर्ने अमेरिकी संस्था नासाले नेपालको वन क्षेत्र अध्ययनका लागि ७ लाख ५० हजार अमेरिकी डलर (अर्थात ७ करोड ५० लाख रुपैया) सहयोग गरेको छ। नासाले उक्त रकम अमेरिकी गैरसरकारी संस्था इस्टवेस्ट सेन्टरलाई सहयोग गरेको हो।dadeldhura-district-headquarter-in-far-west-nepal-3

नेपालको मध्य हिमाली क्षेत्र अध्ययनका लागि उक्त रकम प्रयोग हुने संस्थाले जनाएको छ । अनुसन्धानकर्ताले १५ वर्षदेखि लिइएको स्याटेलाइट तस्बिरका आधारमा अध्ययन गर्नेछन्। ‘नासाले पृथ्वीको सतह परिवर्तनका लागि सधै सहयोग गर्दै आइरहेको छ,’ यो आयोजनाको नेतृत्व गरिरहेका सेन्टरका वरिष्ठ अनुसन्धानदाता जेफरसन फक्सले भने, ‘उनीहरूले यो वर्ष हिमालय पर्वतहरूको अनुसन्धानका लागि रुचि देखाएका थिए ।’

वातावरणीय संरक्षणमा नेपालले विश्वव्यापी मान्यता पाएको सेन्टरको भनाइ छ । सामुदायिक वन व्यवस्थापनले पनि विश्वलाई तानेको सेन्टरले जनाएको छ । नेपाललगायत एसियाली राष्ट्रमा अध्ययनले थप विकासका लागि स्रोत पहिचान गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक