बुधबार, असोज १४ २०७७ | Wed, September 30, 2020
नेपालको समय: १४:५८ | UK Time: 10:13

एमाओवादीले समितिको बैठक बहिस्कार गर्ने

वीनेपाली
२०७१ माघ १४ गते ७:३७

काठमाडौ। नयाँ संविधान निर्माणका लागि सत्तारुढको आग्रहमा सभाध्यक्ष सुवास नेम्वाङले प्रक्रिया अघि बढाएको भन्दै असन्तुष्ट रहेको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले शनिबार डाकिएको प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।opposition Coalition

विपक्षी मोर्चाको विरोधका बाबजुत पनि ११ गतेको संबिधानसभा बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले समिति गठनको प्रस्ताव पेश गरेका थिए ।

सिंहदरबारमा बसेको एमाओवादी संसदीय दलको बैठकले समितिको बैठक बहिष्कार गर्ने निर्णय गरेको हो। बैठकले सभासदलाई गाउँगाउँ गएर सत्तापक्षको भण्डाफोर गर्न निर्देशन दिएको छ। यसअघि नै माओवादीले चरणवद्ध आन्दोलनको घोषणा गरिसकेको छ ।

सभाध्यक्षले प्रस्ताव पेश गरेपछि मोर्चाले सभाध्यक्षलाई असहयोग गर्ने घोषणा गरेका थिए। सभाध्यक्षलाई असहयोग गर्ने रणनीति अन्तर्गत नै प्रस्ताव समितिको बैठक बहिष्कार गर्ने निर्णय गरिएको माओवादीले जनाएको छ।

तीन महिने आन्दोलन कार्यक्रम घोषणा गरेको विपक्षी मोर्चाले फागुन १६ गते राजधानीमा विरोधसभा आयोजना गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक