शुक्रबार, कार्तिक ७ २०७७ | Fri, October 23, 2020
नेपालको समय: १६:३१ | UK Time: 11:46

विपक्षी गठबन्धनको आन्दोलनका कार्यक्रम सार्वजनिक

वीनेपाली
२०७१ माघ १२ गते १९:४७

काठमाडौं। एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले संविधान निर्माणका लागि बहुमतीय प्रक्रिया सुरु गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ। एमाओवादीको संसदीय दलको कार्यालयमा भएको मोर्चाको बैठकले आन्दोलनको पहिलो चरणअन्तर्गत एक महिनाभन्दा लामो संघर्षको कार्यक्रम अघि सारेको छ ।opposition Coalition

मोर्चाले पहिलो चरणलाई प्रचारात्मक आन्दोलन भनेको छ । उक्त चरणमा भण्डाफोर र खबरदारी हुने बताइएको छ । त्यसअन्तर्गत माघ २० गतेसम्म आन्दोलनको तयारी गर्ने, माघ २१ देखि २९ सम्म गाउँ र नगरमा अन्तक्रिया, सभा, भित्तेलेखन, पर्चा वितरण गर्ने कार्यक्रम छन् । निर्वाचन क्षेत्रस्तरका आससभा पनि पहिलो चरणमा हुनेछन् ।

फागुन १ देखि १० गतेसम्म जिल्लास्तरीय घेराउ, धर्ना, जुलुस र सभा आयोजना गरिने मोर्चाले जनाएको छ । त्यसैगरी, फागुनको १६ गते राजधानीमा बृहत आमसभा गर्ने तयारी गठबन्धनको छ।

गठबन्धनको आइतबार सम्पन्न बैठकले बहुमतीय प्रक्रिया नरोके र सहमतिको आधारमा संविधान जारी गर्ने ग्यारेन्टी नगरेसम्म सरकार र सत्तारूढ दल तथा संविधानसभा अध्यक्षसँग वार्ता नगर्ने  निर्णय गरेको थियो।

मोर्चाले दोस्रो चरणमा भने ‘क्रियात्मक’ आन्दोलन हुने जनाएको छ । मोर्चाका अनुसार, दोस्रो चरणको आन्दोलन फागुन १७ देखि चैत १५ सम्म हुनेछ। चैत १६ देखि भने निर्णायक आन्दोलन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक