काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषको गोठाटारस्थित ५ सय ३४ रोपनी जग्गामा अवैध बालुवाखानी र माटोखानी सञ्चालन गरी करोडौं भ्रष्टाचार गरेको ठहर गर्दै तत्कालीन स्थानीय विकास अधिकारी, कोषका तत्कालीन सदस्यसचिव, ठेकेदारसहित नौ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको छ।
तत्कालीन स्थानीय विकास अधिकारीहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली र प्रेमराज जोशी, कोषका तत्कालीन सदस्यसचिवहरू निर्मल कुइँकेल र सुशील नाहाटा, उपनिर्देशक राजु रेग्मी, बालुवाखानीका ठेकेदारहरू बच्चुराम दाहाल र मिठाराम दाहाल तथा तत्कालीन प्रशासकीय अधिकृत भीष्मकुमार मल्लविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारले ९ जनाविरुद्ध कुल ४६ करोड ५६ लाख ८७ हजार रुपैयाँ बिगो माग दाबी गरेको छ ।
पशुपतिनाथको नाउँमा रहेको बालुवाखानी सञ्चालनमा संग्लन देखिएका तत्कालीन सदस्यसचिव र स्थानीय विकास अधिकारीलाई मुद्दा दायर गरिए पनि तत्कालीन संस्कृतिमन्त्री मीनेन्द्र रिजाललाई छानबिन दायरामा ल्याइएको छैन।
त्यसैगरी कोषको जग्गामा माटो उत्खनन गरी बिक्री गरिएको भन्दै कोषले हालका सदस्य सचिव गोविन्द टन्डनलगायत पदाधिकारीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय