शिव कल्चरल सेन्टरलाई कस्मीरको पिरलो

अल्डरसट । प्राय सबै सदस्यहरु नेपाली रहेको नामैले धार्मिक र साँस्कृतिक अर्थ दिने अल्डरसटस्थित शिव कल्चरल सेन्टरले नेपालमा संविधान निर्माणको पूर्वसन्ध्यामा कस्तो निर्णय गर्यो भन्ने थाहा पाउँदा आश्चर्य लाग्छ ।धर्म परिवर्तनको विषय चर्को उठिरहेको तथा धर्म निरपेक्षताको विरोधमा बहस उठिरहेको बेला सेन्टरले भने भारत र पाकिस्तानबीच बर्षौंदेखि विवाद हुँदै आएको कस्मीरमा पुजारी पुनर्स्थापना गर्न भारत सरकारसित माग गर्ने निर्णय गरेको छ ।
सेन्टरको शनिबार बसेको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ -”बिगतमा भारतको कस्मिरबाट त्यहाँका पन्डितहरूलाई बिस्थापित हुनुपरेको आज २५ औ वर्ष पूरा भएकोमा भारत सरकारले उनीहरूको पुनर्बास कस्मिरमै गराउन पहल गरोस् भनि कस्मिरी पन्डितहरूको समस्यामा ऐक्यवध्दता जाहेर गर्ने निर्णय गर्यो।”बैठकले मन्दिर निर्माणका लागि पूर्व प्रवक्ता भीम बानियाँको संयोजकत्वमा अार्थिक स‌ङकलन समिति गठन गरेको छ । समितिमा हरि श्रेष्ठ, डा. बिनोद कुमार, दीपा गौर, रमेश बाँस्तोला, गोपाल बिश्वकर्मा, मिठुलाल बिश्वकर्मा, शेर सुनार, अमर मल्ल, पदम खवास, नवीन शिबा, शिव निरौला, अन्जु थापा मगर, रोशन साप्कोटा, हितकाजी गुरुङ्, रोशन न्यौपाने, रुद्र खड्का, नरहरि बस्नेत, होम कुँवर, भाइराजा थापा, सुवाश कायस्थ, दिपक न्यौपाने र अनुप बर्मा रहेका छन् । त्यसैगरी उपाध्यक्षमा अम्बिका खड्का, सदस्यहरुमा रन्जिता मल्ल र ज्वाला थापालाई मनोनयन गरिएको छ ।
बैठकले हरिबिभोर कार्की, प्रोफेसर सूर्य सुबेदी, डा. राघव धिताल, महन्त श्रेष्ठ, विश्वआदर्श पन्डित, मेजर रिटायर्ड टिकेन्द्र दल देवान, डा. बिनोद कुमार, डा. चन्द्र बहादुर गुरुङ्, डा. कृष्ण रेग्मी, डा. राम अधिकारी, मेजर रुद्र खड्का, अशोक सेन,  पुरन गिरि,राज सुब्बा, रोहित गुरुङ्,  ओम थापा, रमेश बास्तोला र शेर सुनार रहेको सल्लाहकार मन्डल गठन गर्यो । सल्लाहकारहरुलाई अध्यक्ष प्रकाश राउतले खादा लगाई सम्मान गरे ।
बैठकमा आर्थिक संकलन र त्यसका कानूनी पाटाको बारे कार्यसमिति सदस्य राजा थापाले प्रष्ट्याएका थिए।

बैठकमा सल्लाहकारहरु मेजर रुद्र खडकाले ५००० पाउण्ड, हरि श्रेष्ठले ५००० पाउण्ड, पुरन गिरीले ३००० पाउण्ड र अार्थिक संकलन समिति सदस्य होम कुँवर ३००० पाउण्ड गरी १६००० मन्दिर निर्माणका लागि जम्मा भएको थियो । विगत दुई हप्तामा मन्दिर निर्माणका लागि १ लाख १००० पाउण्ड संकलन भएको छ ।

अध्यक्ष प्रकाश राउतको अध्यक्षता र महासचिव सूर्य उपाध्यायद्वारा संचालित उक्त बैठकमा आयब्यय विवरण कोषाध्यक्ष गंगा अधिकारीले पेश गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री