काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा आइतबारसम्म सहमति बन्न नसके प्रश्नावली समिति गठन गरिने भएको छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुले माग गरे अनुसार आइतबारसम्मको सहमति नभए प्रक्रिया अघि बढाउन प्रश्नावली समिति गठन गर्न तयारी गरेका हुन्। सो समितिले संविधानसभाको पूर्ण बैठकमा मतदान गर्नका लागि आवश्यक पर्ने प्रश्नहरु तयार पार्नेछ। त्यसअघि नेम्वाङले आइतबार नै दुई चरणमा दलहरुको बैठक राख्ने छन्।
छलफल सकिएपछि नेम्बाङले प्रश्नावली समितिमा बस्ने सभासद्को नाम दलहरूसँग माग्ने तयारी गरेका छन्। संविधानसभामा दलहरूको उपस्थितिको अनुपातअनुसार समितिमा प्रतिनिधित्व हुनेछ।
‘सहमति भएन भने के निर्णय गर्ने भन्नेमा सचिवालय तयारी अवस्थामा छ’, स्रोतले भन्यो। प्रश्नावली समिति ७० सदस्यीयभन्दा ठूलो हुने अनुमान छ। समितिलाई केही दिन समय दिएर विवादित विषयको प्रश्नावली बनाएर सभामा पेस गर्न जिम्मा दिइनेछ।
सभाध्यक्ष नेम्बाङले कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताबीच शनिबार पनि छलफल गराएर सहमति जुटाउने प्रयास गरे पनि सार्थक उपलब्धि भने भएन ।चार पक्षबीच बिहान र दिउँसो गरी दुई चरणमा छलफल भएको थियो। ‘सहमतिबाहेक अर्को कुरा नसोच्ने, राति सपना पनि सहमतिकै देख्ने भनेर नेताहरू उठेका छन्’, स्रोतले भन्यो।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण