काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा आइतबारसम्म सहमति बन्न नसके प्रश्नावली समिति गठन गरिने भएको छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुले माग गरे अनुसार आइतबारसम्मको सहमति नभए प्रक्रिया अघि बढाउन प्रश्नावली समिति गठन गर्न तयारी गरेका हुन्। सो समितिले संविधानसभाको पूर्ण बैठकमा मतदान गर्नका लागि आवश्यक पर्ने प्रश्नहरु तयार पार्नेछ। त्यसअघि नेम्वाङले आइतबार नै दुई चरणमा दलहरुको बैठक राख्ने छन्।
छलफल सकिएपछि नेम्बाङले प्रश्नावली समितिमा बस्ने सभासद्को नाम दलहरूसँग माग्ने तयारी गरेका छन्। संविधानसभामा दलहरूको उपस्थितिको अनुपातअनुसार समितिमा प्रतिनिधित्व हुनेछ।
‘सहमति भएन भने के निर्णय गर्ने भन्नेमा सचिवालय तयारी अवस्थामा छ’, स्रोतले भन्यो। प्रश्नावली समिति ७० सदस्यीयभन्दा ठूलो हुने अनुमान छ। समितिलाई केही दिन समय दिएर विवादित विषयको प्रश्नावली बनाएर सभामा पेस गर्न जिम्मा दिइनेछ।
सभाध्यक्ष नेम्बाङले कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताबीच शनिबार पनि छलफल गराएर सहमति जुटाउने प्रयास गरे पनि सार्थक उपलब्धि भने भएन ।चार पक्षबीच बिहान र दिउँसो गरी दुई चरणमा छलफल भएको थियो। ‘सहमतिबाहेक अर्को कुरा नसोच्ने, राति सपना पनि सहमतिकै देख्ने भनेर नेताहरू उठेका छन्’, स्रोतले भन्यो।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण