काठमाडौं। नयाँ सविधानको अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति बन्न नसकेपछि राष्ट्रपति रामवरण यादवले दलीय सहमतिमा तत्काल संविधान निर्माण गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्। शतिल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलीय प्रतिवद्धता अनुसार नयाँ संविधान जारी गर्ने माघ ८ को समयसिमा नजिकदै गर्दा सत्ता साझेदार कांग्रेस – नेकपा (एमाले) र एकीकृत माओवादी – मधेस केन्द्रित दलका नेतालाई छुट्टा छुट्टै भेट गर्दै समयमा संविधान ल्याउन झक्झक्याएका हुन्।
सत्ता साझेदार कांग्रेस–एमालेसँग अपहान ४ बजे र एकीकृत माओवादीसहित मधेस केन्द्रित दलसँग साझ ६ बजे शीतल निवास बोलाएका राष्ट्रपतिले संविधान निर्माण प्रक्रिया अनन्तकालसम्म नलब्याउन आग्रह गरे । सहमति गर्न र संविधान निर्माण कार्यलाई नलम्ब्याउन उनले आग्रह गरेका हुन्।
राष्ट्रपति यादवले कांग्रेस–एमाले र माओवादीसहित मधेस केन्द्रित दलका शीर्ष नेतालाई अन्तरिम संविधानको मर्म र भावना अनुसार अघि बढ्न पनि सम्झाएका थिए। भेटमा संलग्न कांग्रेस, एमालेका नेताहरुले एकीकृत माओवादी र मधेशी दलहरु सहमतिका लागि लचिलो नबनेको बताएका थिए। माओवादी र मधेशी दलहरुले भने कांग्रेस, एमालेले विगतको सहमति लत्याएका कारण संविधान बन्न नसकेको बताएका थिए।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी