काठमाडौं। नयाँ सविधानको अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति बन्न नसकेपछि राष्ट्रपति रामवरण यादवले दलीय सहमतिमा तत्काल संविधान निर्माण गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन्। शतिल निवासमा भएको भेटमा राष्ट्रपति यादवले दलीय प्रतिवद्धता अनुसार नयाँ संविधान जारी गर्ने माघ ८ को समयसिमा नजिकदै गर्दा सत्ता साझेदार कांग्रेस – नेकपा (एमाले) र एकीकृत माओवादी – मधेस केन्द्रित दलका नेतालाई छुट्टा छुट्टै भेट गर्दै समयमा संविधान ल्याउन झक्झक्याएका हुन्।
सत्ता साझेदार कांग्रेस–एमालेसँग अपहान ४ बजे र एकीकृत माओवादीसहित मधेस केन्द्रित दलसँग साझ ६ बजे शीतल निवास बोलाएका राष्ट्रपतिले संविधान निर्माण प्रक्रिया अनन्तकालसम्म नलब्याउन आग्रह गरे । सहमति गर्न र संविधान निर्माण कार्यलाई नलम्ब्याउन उनले आग्रह गरेका हुन्।
राष्ट्रपति यादवले कांग्रेस–एमाले र माओवादीसहित मधेस केन्द्रित दलका शीर्ष नेतालाई अन्तरिम संविधानको मर्म र भावना अनुसार अघि बढ्न पनि सम्झाएका थिए। भेटमा संलग्न कांग्रेस, एमालेका नेताहरुले एकीकृत माओवादी र मधेशी दलहरु सहमतिका लागि लचिलो नबनेको बताएका थिए। माओवादी र मधेशी दलहरुले भने कांग्रेस, एमालेले विगतको सहमति लत्याएका कारण संविधान बन्न नसकेको बताएका थिए।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण