काठमाडौं। सरकारले भारतका लागि दीपकुमार उपाध्याय र अमेरिकाका लागि अर्जुन कार्कीमा राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले नेपाली कांग्रेसको कोटाबाट उपाध्याय र एमालेको कोटाबाट कार्कीलाई राजदुतमा नियुक्त गर्न सिफारिस गरेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उपाध्याय संविधानसभा निर्वाचनमा कपिलबस्तु-१ बाट पराजित भएका थिए।
एमालेको कोटाबाट अमेरिकाका लागि प्रस्तावित कार्की एनजिओकर्मी हुन्। उनी केही वर्षअघि गैरसरकारी संस्था महासंघका अध्यक्ष पनि थिए। खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा उनलाई एमालेले सार्क महासचिवमा पठाउने प्रस्ताव गरेको थियो।
तर अन्य महत्वपूर्ण देशहरु बेलायत, ब्राजिल, जर्मनी, इजिप्ट, कतार, श्रीलंकामा नेपाली राजदूत छैनन्। यसअघि भदौमा सरकारले विभिन्न छ देशमा परराष्ट्र मन्त्रालयकै कर्मचारीलाई राजदूतमा सिफारिस गरेको थियो।
कूटनीतिक दृष्टिले सबैभन्दा महत्वपूर्ण मानिने नयाँ दिल्लीस्थित दूतावास राजदूतविहीन बनेको झन्डै साढे तीन वर्ष भइसकेको छ। सरकारले २०६८ मंसिरमा एकीकृत नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य राम कार्कीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको थियो। सरकारले कार्कीको नाममा एग्रिमो पठाए पनि भारतले सीधै अस्वीकार गरेको थियो। सरकारले त्यसपछि भारतका लागि राजदूतमा नयाँ नाम पठाउन सकेको छैन।
नयाँ दिल्लीमा १ सय ३० भन्दा बढी देशका दूतावास छन्। नेपालसँग कूटनीतिक सम्बन्ध भएका १ सय ३८ मध्ये ८० देशले दिल्लीका दूतावासमार्फत नेपाललाई हेर्ने गर्छन्। भारतसँगको सम्बन्धका कारण मात्र होइन, अन्य देशका दूतावास भएकाले पनि दिल्ली नेपालका लागि निकै महत्वपूर्ण मानिन्छ।
अमेरिकामा राजदूत खाली भएको वर्षदिन भइसकेको छ। तत्कालीन राजदूत शंकर शर्माको पदावधि सकिएपछि अमेरिकास्थित नेपाली दूतावास राजदूतविहीन छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते