काठमाडौं। सरकारले भारतका लागि दीपकुमार उपाध्याय र अमेरिकाका लागि अर्जुन कार्कीमा राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार सम्पन्न बैठकले नेपाली कांग्रेसको कोटाबाट उपाध्याय र एमालेको कोटाबाट कार्कीलाई राजदुतमा नियुक्त गर्न सिफारिस गरेको सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उपाध्याय संविधानसभा निर्वाचनमा कपिलबस्तु-१ बाट पराजित भएका थिए।
एमालेको कोटाबाट अमेरिकाका लागि प्रस्तावित कार्की एनजिओकर्मी हुन्। उनी केही वर्षअघि गैरसरकारी संस्था महासंघका अध्यक्ष पनि थिए। खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा उनलाई एमालेले सार्क महासचिवमा पठाउने प्रस्ताव गरेको थियो।
तर अन्य महत्वपूर्ण देशहरु बेलायत, ब्राजिल, जर्मनी, इजिप्ट, कतार, श्रीलंकामा नेपाली राजदूत छैनन्। यसअघि भदौमा सरकारले विभिन्न छ देशमा परराष्ट्र मन्त्रालयकै कर्मचारीलाई राजदूतमा सिफारिस गरेको थियो।
कूटनीतिक दृष्टिले सबैभन्दा महत्वपूर्ण मानिने नयाँ दिल्लीस्थित दूतावास राजदूतविहीन बनेको झन्डै साढे तीन वर्ष भइसकेको छ। सरकारले २०६८ मंसिरमा एकीकृत नेकपा माओवादीका पोलिट्ब्युरो सदस्य राम कार्कीलाई भारतका लागि राजदूतमा सिफारिस गरेको थियो। सरकारले कार्कीको नाममा एग्रिमो पठाए पनि भारतले सीधै अस्वीकार गरेको थियो। सरकारले त्यसपछि भारतका लागि राजदूतमा नयाँ नाम पठाउन सकेको छैन।
नयाँ दिल्लीमा १ सय ३० भन्दा बढी देशका दूतावास छन्। नेपालसँग कूटनीतिक सम्बन्ध भएका १ सय ३८ मध्ये ८० देशले दिल्लीका दूतावासमार्फत नेपाललाई हेर्ने गर्छन्। भारतसँगको सम्बन्धका कारण मात्र होइन, अन्य देशका दूतावास भएकाले पनि दिल्ली नेपालका लागि निकै महत्वपूर्ण मानिन्छ।
अमेरिकामा राजदूत खाली भएको वर्षदिन भइसकेको छ। तत्कालीन राजदूत शंकर शर्माको पदावधि सकिएपछि अमेरिकास्थित नेपाली दूतावास राजदूतविहीन छ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य