सोलुखुम्बु । देशभर आमाको नामबाट छोराछोरीले नागरिकता पाउने व्यवस्था हुनुपर्छ भन्ने आन्दोलन चर्किरहेको बेला सोलुखुम्बुमा भने एक जनालाई आमाको नामबाट नागरिकता प्राप्त भएको छ ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले दुधकुण्ड नगरपालिका ९ बस्ने फुर्वा लामाकी छोरी डोमा लामालाई आमाको नामबाट ११-०१-७१-०२०२१ नम्बरको नागरिकता प्रदान गरेको हो । बाबुको जानकारी नभएको अवस्थामा बाबुको नामको महल खाली छाडेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले डोमालाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी झङकनाथ ढकालले बताए ।
दुधकुण्ड नगरपालिका ९ सोलुखुम्बु निबासी फुर्वा शेर्पाले २० वर्ष अघि कसैको गर्भ बोकेर छोरी जन्माएको र गर्भ बोकाउने व्यक्तिले नअपनाएपछि एक्लै छोरी हुर्काउँदै आएकी थिइन् । फुर्वाले भनिन् – प्रेममा केटाले धोका दिएर सम्पर्क बिहिन भएपछि एक्लै दुःख गरेर छोरी हुर्काएँ, नागरिकता दिन बाबुको नाम चाहिन्छ भन्थे, तर आज आफ्नै नामबाट नागरिकता दिलाउन पाउँदै ज्यादै खुशी भएकोछु ।
स्नातक तह तेश्रो वर्षमा अध्ययनरत डोमाका सबै शैक्षिक प्रमाणपत्रमा आमाको मात्र नाम उल्लेख छ । तर आमाको नामबाट मात्र नागरिकता पाइँदैन भन्ने सुनेकी डोमाले नागरिकता पाएपछि खुशी हुँदै भनिन्, ‘मैले नागरिकता नहुँदा धेरै अबसरहरु गुम्ने चिन्ता थियो, तर आज आमाको नामबाट मात्र नागरिकता पाउँ ज्यादै खुशी छु।’
स्थानीयको मुचुल्का र प्रहरी रिपोर्टको आधारमा आमा छोरीलाई नै नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी झङकनाथ ढकालले बताए । डोमा जस्ता धेरैले नागरिकता पाएका छैनन् । यो समस्यामा समाधानको खोजी गरी कानुनी बाटोबाटै उनीहरुलाई नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
उनले भने, ‘कुनै नयाँ कुरा हो जस्तो लाग्दैन, कुनै पुरुषले गर्भ बोकाएपछि गरेको गद्दारीका सजाय उसको छोरीलाई दिनु हुँदैन भनेर प्रक्रिया पुर्याएर डोमालाई नागरिकता दिएको हुँ ।’
डोमाले नागरिकता पाएकोमा खुशी व्यक्त गर्दै महिला मानवअधिकार रक्षक सञ्जाल सोलुखुम्बुकी अध्यक्ष टंकीमाया बस्नेतले भनिन् ‘आमाको नामबाट नागरिकता पाउनुपर्छ भनेर हामी आन्दोलन गरिरहेका छौं, सोलुखुम्बुमा डोमाले पाईन्, ज्यादै खुशी छौं, देशभर यस्ता समस्या भएका सबै नेपाली महिलाका छोराछोरीले यहि प्रक्रियाबाट नागरिकता पाउन् ।’
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य