नुवाकोट । यसवर्ष पनि मकर सङ्क्रान्तिमा गोरु जुधाउने तयारी नुवाकोटमा पूरा भएको छ ।
तारुका र बेत्रावती गाविसमा हरेक वर्ष मकरसङ्क्रान्तिमा गोरु जुधाएर मनोरञ्जन लिने गरिन्छ ।
तारुका-५ चन्दनीको बारीको ठूलोपाटोमा यस वर्ष १६ हल गोरु जुधाउनका लागि गोरुधनीले दर्ता गरिसकेको माघेसङ्क्रान्ति मेला व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बखरेलले जानकारी दिए ।
तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करिब दुई सय वर्ष पुरानो मानिन्छ ।
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह मावली जाँदा उनको मनोरञ्जनका लागि गोरु जुधाएर देखाइएको बताइए पनि यो कुरा प्रमाणित भएको छैन । हिउँदमा फुर्सदका समयमा किसानले मीठो मसिनो खाएर गोरु जुधाएर मनोरञ्जन लिने परम्पराको थालनी भएको स्थानीय शिक्षक लोचन भट्टराईले बताए ।
पहिले तारुका, बुधसिङ, रातमाटे, दुईपिपललगायत गाविसमा पनि गोरु जुधाउने गरिएकामा अन्यन्त्र परम्परा हराइसकेको छ भने तारुकाले व्यवस्थित गरेर परम्परालाई निरन्तरता दिइरहेको छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौं, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गरेको छ ।
यस्तै नेपालको इतिहासमा लेखिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघेसङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यस वर्ष आठ हल गोरुको दर्ता भइसकेको र अन्य गोरु धनी पनि आउने क्रममा रहेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुरज लबटले जानकारी दिए ।
यस वर्ष गोरुको बिमासमेत गरिएकाले किसानले ढुक्क भएर आआफ्ना गोरु जुधाउन सक्ने लबटले जानकारी दिए । किसानहरुले स्वतस्फुर्त रुपमा पालेका गोरुलाई प्रतियोगिता र मनोरञ्जनका रुपमा मात्र नलिई गोरुधनीलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको जानकारी दिइयो । प्रतियोगितामा सामेल भएका गोरुहरु शारीरिक रुपमा अशक्त भएमा वा सिँगमात्रै भाँचिएमा पनि बिमाको व्यवस्था गरिएको छ ।
गोरु जुधाइको मनोरञ्जनलाई मात्र नलिएर यसलाई मानिसहरुबीचको आपसी भेटघाट र सद्भाव वृद्धिका रुपमा पनि प्रबद्र्धन गर्नुपर्ने सञ्चारकर्मी विष्णु तारुके बताउँछन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर