काठमाडौं। फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोको कार्यालयमा भएको आक्रमण र पत्रकारको हत्याको विरोध गर्दै काठमाडौंमा नेपाल पत्रकार महासंघले कार्यक्रम आयोजना गरेको छ। बसन्तपुर डबलीमा भएको कार्यक्रममा सञ्चारकर्मीहरुले मैनवत्ति बाल्दै सो घटनाको विरोध र अभिब्यक्ति स्वतन्त्रताको समर्थन गरे । सञ्चारकर्मीहरुले फ्रान्समा केही दशकपछि भएको ठूलो आतंकवादी आक्रमणको विरोध जनाएका छन्।
कार्यक्रममा कार्टुनिष्ट अबिनले कार्टुन निर्माण गरेर बन्दुकले अभिव्यक्तिलाई रोक्न नसक्ने भन्दै आक्रमणको निन्दा गरेका छन्। उनको कार्टुनमा एउटा कलम भाँचिदैमा हजारौ कलम जन्मने अभिव्यक्ति रहेको थियो।
पत्रिकाको कार्यलयमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो। संदिग्घ इस्लामिक अतिवादीहरुले आक्रमण गरेका थिए। शुक्रबार दिउँसो प्रहरीको कारवाहीमा दुवै संदिग्घ आक्रमणकारी मारिएका थिए। सो घटनाको फ्रान्ससहित विश्वभर विरोध भएको छ। काठमाडौंमा भएको विरोध कार्यक्रमक केही तस्विर।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य