लण्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन जापानमा हुने भएको छ ।
समाजका केन्द्रीय अध्यक्ष पदम बिश्वकर्माको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी मोति जयन्तिको अवसर पारेर गरिने उक्त सम्मेलनका लागि जापानमा पूर्व तयारीहरू सुरु गरिएको समाजका उपाध्यक्ष प्रकाश पौडेल माइलाले बताएका छन् । कार्यक्रममा जापानमा रहेका नेपाली साहित्यकारहरुका अलावा नेपाल, भारत, अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानाडा लगायतका देश तथा महादेशीय प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।
सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन पश्चात सन् २०११ मा बेलायत र सन् २०१३ मा अमेरिकाको डिसीमा क्रमश: दोश्रो र तेश्रो सम्मेलन सम्पन्न भइसकेका छन् ।
विगतका कार्यक्रमहरूबाट बटुलेको अनुभवले आगामी सम्मेलन शिष्ट र विशिष्ट बनाउन विभिन्न समिति र उपसमितिहरू गठन गर्ने तयारी भइरहेको जानकारी दिदै समाजका महासचिव गोवर्धन पूजाले सम्मेलनले नेपाली भाषा र साहित्यका क्षेत्रमा केही ठोस योगदान दिने विश्वास व्यक्त गरे ।
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग