काठमाडौं।सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा तथा आयुक्तमा पत्रकार यशोदा तिमल्सिना र किरण पोखरेललाई नियुक्त गरेको छ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामो समयदेखि रिक्त आयोगमा तीन पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो । उनीहरुको पदावधि ५ वर्ष हुनेछ ।
बाँस्कोटालाई अर्थ सचिव हुँदा भ्याट बिल छलीमा संलग्नको विवरण लुकाएको भन्दै आयोगले कारवाही गर्ने चेतावनी दिएको थियो। पोखरेल अन्नपूर्ण पोष्ट दैनिकसँग अावद्ध छन् भने तिमल्सिना कान्तिपुर प्रकाशनले निकाल्ने नेपाल साप्ताहिकमा कार्यरत छिन्।
पोखरेल नेपाली कांग्रेसको भ्रातृ संगठन प्रेस युनियनका पूर्व अध्यक्ष हुन भने तिमल्सिना नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष हुन्। तिमल्सिनाको आवद्धता नेकपा एमालेसँग छ।
सभामुख सुवास नेम्वाङ अध्यक्ष, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र पत्रकार महासंघका सभापति महेन्द्र विष्ट सदस्य रहेको सिफारिस समितिको प्रस्तावमा मन्त्रिपरिषदले आयोगमा पदाधिकारी नियुक्त गरेको हो।
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]