काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच राज्य पुनर्संरचनाको विषयमा शुरु भएको विवादले मधेशी मोर्चासहित प्रमुख चार शक्तिबीचको नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्नेका लागि भएको ‘निर्णायक वार्ता’ भाँडिएको छ।
प्रधानमन्त्री निवासमा बुधबार भएको बैठकमा सद्भावना पार्टीका अध्यक्ष महतोले प्रदेश निर्माण गर्दा मधेशका जिल्लालाई पहाडसँग जोड्न नहुने बताएपछि एमाले अध्यक्ष ओलीले ‘समथर जति सबै चाहिने भए बिहार र युपी पनि चाहिने होला नी?’ भनेपछि विवाद शुरु भएको थियो। विवादको कारण कुनै निष्षर्कमा नपुगी बैठक स्थिगत भएको हो।
बैठकबारे मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष ओलीले अप्रिय शब्द प्रयोग गरेपछि वार्ता भाँडिएको बताए। ‘उहाँले प्रदेशका कुरामा भारतका युपी र बिहारको कुरा निकाल्नुभयो,’ यादवले भने, ‘उहाँको टिप्पणि गैर जिम्मेवार देखियो।’
बैठकबाट केहीबेरको लागि बाहिर निस्केका एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले पनि दलहरुबीच हिजोभन्दा आज झन् वातावरण बिग्रेको टिप्पणि गरे। ‘हिजोसम्म मधेस केन्द्रित दलहरु र अन्य दलबिच सहमति नजिक नजिक पुग्ने अवस्था थियो’, प्रचण्डले भने, ‘तर आजको बैठकले वातावरण झन् बिगारेको छ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आपत्तिजनक शब्द प्रयोग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपमान गरेको आरोप लगाएका छन् भने ओलीले मधेसी मोर्चाका तर्फबाट अहंकार प्रस्तुत गरिएको दाबी गरेका छन्।
कांग्रेस एमालेसहितका दलहरुले बुधबार निर्णायक वार्ता गर्न त्यसमा सहमति बन्न नसके दुई तिहाइको प्रक्रियामा जाने बताएका थिए। यसअघि पनि संविधानको अर्न्तवस्तुबारे निर्णायक वार्तामा पनि एमाले अध्यक्ष ओली र एकीकृत नेकपा एमालेका अध्यक्ष दाहालबीच विवादको कारणबीचमै भाँडिएको थियो।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम