काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच राज्य पुनर्संरचनाको विषयमा शुरु भएको विवादले मधेशी मोर्चासहित प्रमुख चार शक्तिबीचको नयाँ संविधानको अन्तर्वस्तुमा सहमति खोज्नेका लागि भएको ‘निर्णायक वार्ता’ भाँडिएको छ।
प्रधानमन्त्री निवासमा बुधबार भएको बैठकमा सद्भावना पार्टीका अध्यक्ष महतोले प्रदेश निर्माण गर्दा मधेशका जिल्लालाई पहाडसँग जोड्न नहुने बताएपछि एमाले अध्यक्ष ओलीले ‘समथर जति सबै चाहिने भए बिहार र युपी पनि चाहिने होला नी?’ भनेपछि विवाद शुरु भएको थियो। विवादको कारण कुनै निष्षर्कमा नपुगी बैठक स्थिगत भएको हो।
बैठकबारे मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष ओलीले अप्रिय शब्द प्रयोग गरेपछि वार्ता भाँडिएको बताए। ‘उहाँले प्रदेशका कुरामा भारतका युपी र बिहारको कुरा निकाल्नुभयो,’ यादवले भने, ‘उहाँको टिप्पणि गैर जिम्मेवार देखियो।’
बैठकबाट केहीबेरको लागि बाहिर निस्केका एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले पनि दलहरुबीच हिजोभन्दा आज झन् वातावरण बिग्रेको टिप्पणि गरे। ‘हिजोसम्म मधेस केन्द्रित दलहरु र अन्य दलबिच सहमति नजिक नजिक पुग्ने अवस्था थियो’, प्रचण्डले भने, ‘तर आजको बैठकले वातावरण झन् बिगारेको छ।’
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आपत्तिजनक शब्द प्रयोग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपमान गरेको आरोप लगाएका छन् भने ओलीले मधेसी मोर्चाका तर्फबाट अहंकार प्रस्तुत गरिएको दाबी गरेका छन्।
कांग्रेस एमालेसहितका दलहरुले बुधबार निर्णायक वार्ता गर्न त्यसमा सहमति बन्न नसके दुई तिहाइको प्रक्रियामा जाने बताएका थिए। यसअघि पनि संविधानको अर्न्तवस्तुबारे निर्णायक वार्तामा पनि एमाले अध्यक्ष ओली र एकीकृत नेकपा एमालेका अध्यक्ष दाहालबीच विवादको कारणबीचमै भाँडिएको थियो।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय