काठमाडौं । सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न देखिएका सञ्जय एस्माली मगरविरुद्ध नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘डिफ्युजन नोटिस’ जारी गरेको छ।
एक महिनादेखि साउदी अरबमा रहेका मगरलाई पक्राउ गरी नेपाल ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा नेपालमा रहेको इन्टरपोल शाखाले मंगलबार डिफ्युजन नोटिस जारी गरेको हो। अपराधमा संलग्न देखिएको, तर अदालतबाट पक्राउ आदेश नआएको अवस्थामा विदेशमा रहेका नेपालीविरुद्ध इन्टरपोलले यस्तो नोटिस जारी गर्छ । तत्कालिन न्यायाधीश बमको हत्याका प्रमुख योजनाकार सर्लाहीका बाबु थापासहित ४ जनालाई पक्राउ गरेको छ। सो घटना भएको २७ महिना भन्दा बढी भएको छ।
२०६९ जेठ १८ गते बमलाई राजधानीको शंखमूलमा गोली हानेर हत्या गरिएको थियो । प्रहरी अनुसन्धानअनुसार बममाथि मगरले गोली प्रहार गरेका थिए ।
यसैबीच न्यायाधीश बमको हत्यामा प्रयोग भएको शंकामा प्रहरीले दुइटा पेस्तोल परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशाला पठाएको छ पक्राउ परेका थापाको बयानका आधारमा ब्युरोले ललितपुर र पोखराबाट पेस्तोल ल्याएको हो। दुवै पेस्तोल हातहतियार तथा खरखजना अभियोगमा पक्राउ परेका अभियुक्तहरूले प्रयोग गरेका थिए। प्रहरीले घटनामा प्रयोग भएको हो वा होइन भन्ने बारेमा दुवै पेस्तोलको परीक्षण भइरहेको बताएको छ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय