काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले बुधबार एकीकृत नेकपा माओवादीसहित प्रमुख चार पक्षबीच निर्णायक वार्ता गर्ने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको चार प्रमुख राजनीतिक दलको बुधबारको बैठकमा नयाँ संविधानको अन्तर्वस्तुहरुमा लचिलो भएर प्रस्तुत हुने र सहमति नभए संविधान सभामा प्रक्रिया शुरु गर्ने समेत सहमति भएको छ।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राज्य पुनर्संरचना बाहेक अन्य विषयमा दुवै दल लचिलो हुनेसक्ने संकेत गरेका छन्।
‘राष्ट्रलाई अहिले जातिय राज्य र तराई पहाड हिमाललाई टुक्राउने विषयमा छलफल गर्न सकिदैन्’ वरिष्ठ नेता खनालले भने, ‘अन्य विषयमा भने लचिलो भएर प्रस्तुत हुनेछौं। सहमतिमा पुग्न नसके दुई तिहाइको प्रक्रिया अघि बढ्ने छ।
वरिष्ठ नेता खनालले सहमतिका लागि एकीकृत नेकपा माओवादी र मधेशीवादी दलहरु लचिलो हुनुपर्ने बताए। मेरो गोरुको बाह्रै टक्का भनेर संविधान निर्माण नहुने उनले बताए ।
मुख्य चार पक्षबीच संविधान निर्माणको अन्तरबस्तुमाथि सहमति जुट्न सकेको छैन। राज्यको पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणाली लगायतको विषयमा सहमति जुटेको छैन। यसअघि पनि निर्णायक वार्ता गर्ने दिन एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिबाट असन्तुष्ट बनेर माओवादी अध्यक्ष दाहाल बाहिरिएका थिए। त्यसपछि दुवै पक्षबीच आरोप प्रत्यारोप चलेको थियो।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते