काठमाडौं-संविधानका विवादित मुख्य चार अन्तर्वस्तुमा सहमति निकाल्न प्रधानमन्त्री सुशील कोइरालासहित सत्तासाझेदार दल र एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहेको ३० दलीय मोर्चाको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
संविधानका विवादित राज्यको पुनः संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सोमबार मोर्चाले अघि सारेका साझा प्रस्तावमा बैठकमा छलफल भइराखेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए।
विगतमा दलहरूबीच भएको १२ बुँदे समझदारीदेखि माओवादी सशस्त्र युद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनका आधारमा भन्दै मोर्चाले १० प्रदेशको खाका अघि सारेको थियो।
नेपाली काग्रेस, नेकपा (एमाले) सहित सत्ता साझेदार दलले भने मोर्चाको सो प्रस्तावमा असहमति जनाइसकेका छन्। ती दलहरुले आफूहरुले संवैधानिक राजनीतिक समितिमा प्रस्तुत गरेको नौँबुँदा भित्रबाट नै सहमति खोज्न जोड दिइराखेका छन्।
सभामुख सुवास नेम्वाङले दलहरुलाई संविधानका विवादित अन्तर्वस्तुमा सहमति निकाल्न दिनुभएको समय सीमा सोमबार नै समाप्त भइसकेको छ। विवादित अन्तरवस्तुका विषयमा सहमति निकाल्न भन्दै दलहरु निरन्तर रुपमा वार्तामा जुटिरहेका छन् तर सहमति भने निस्कन सकेको छैन।
बैठकमा प्रधानमन्त्री कोइरालाले माघ ८ नै सहमतिद्वारा संविधान जारी गर्न आफ्नो पार्टी लचकताका साथ प्रस्तुत भइराखेको बताउनुभएको नेकाका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय