काठमाडौं। सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले जातीय पहिचानसहितको प्रदेश निर्माण गरिनुपर्ने अवधारणालाई अस्वीकार गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको दुवै दल कांग्रेस र एमालेको बैठकले तीस दलले अघि सारेका राज्यपुर्संरचना सम्बन्धी प्रस्ताव जातीय आधारमा प्रदेश निर्माण गर्न भएको भन्दै त्यस विषयलाई स्वीकार्न नसकिने बताएका छन्।
नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रदेशको विषयमा माओवादी कांग्रेस, एमालेको धारणा स्वीकार्छ भने अन्य विषयमा लचिलो भएर सहमतिमा पुग्न एमाले तयार रहेको बताएका छन्।
‘जातीय राज्य निर्माण गर्ने प्रस्ताव स्वीकार्य हुदैन, ‘ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘ अन्य विषयमा भने नेकपा एमाले लचिलो भएर प्रस्तुत हुनेछ।’
नेपालले सहमतिका लागि दुवै दलले अघि सारेको अवधारणा र एकीकृत नेकपा माओवादीसहितका दलहरुले अघि सारेको अवधारणाबीच सहमति जुटाउन सकिने विकल्प खोज्न सकिने बताए।
बुधबारको बैठकमा तीस दलीय मोर्चाले नयाँ संविधानको अन्तर्वस्तुको बारेमा नौ बुँदे साझा अवधारणा प्रस्तुत गरेका थिए। मोर्चाले एकल पहिचानको आधारमा दस प्रदेश र प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुने मिश्रित शासन प्रणाली अघि सारेको छ। त्यसपछि कांग्रेस एमालेको संयुक्त बैठक बसेको हो।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंगलबार कांग्रेस र एमाओवादी तथा मधेसी मोर्चाका बीचमा छलफल हुने र दिउँसो पुनः चार पक्षको संयुक्त बैठक बस्ने जानकारी दिए ।
सम्झौताको मिलनबिन्दु के हुन सक्छ भनेर आफूहरुले कांग्रेस र एमालेलाई प्रस्ताव गरेको भन्दै उनले सत्तारुढ दलले ल्याउने प्रस्तावका आधारमा थप छलफल हुने बताए।
काँग्रेस र एमालेले भने सहमतिको आधार आफूहरुको तर्फबाट पेस गर्ने वचन एमाओवादी र मधेसी मोर्चालाई दिएको बताइएको छ। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले भने सहमति हुने वा नहुने विषय काँग्रेस र एमालेको हातमा रहेको बताए।
प्रमुख दलहरुबीच नयाँ संविधानको प्रमुख अन्तर्वस्तु राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको बारेमा सहमति जुट्न सकेको छैन।
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा