एनआरएनए युकेले आइसिसी सल्लाहकारलाई सोध्यो सातदिने स्पष्टीकरण, स्पष्टीकरण दिन्न : घले

damar ghale 1

एनअारएनए अाइसिसी सल्लाहकार मेजर रिटायर्ड डमर घले

लण्डन । महेन्द्र कँडेल अध्यक्ष रहेको गैर अावासीय नेपाली संघ युकेले आफ्ना संरक्षक काउन्सिलका सदस्य तथा एनअारएनए अाइसिसी सल्लाहकार मेजर रिटायर्ड डमर घलेलाई स्पष्टीकरणका लागि सातदिने पत्र काटेको छ ।

अध्यक्ष कँडेल र महासचिव राजकुमार त्रिपाठीद्वारा आज जारी पत्रमा बेलायत भ्रमणमा रहेका अाइसिसी अध्यक्ष शेष घलेसित आफूहरुलाई भेट गर्न वंचित गरेको आरोप घलेमाथि लगाइएको छ भने एनअारएनए युकेको लोगो र ब्यानर दुरुपयोग गरेको गम्भीर दोषारोपण पनि उनीमाथि गरिएको छ ।

घलेका क्रियाकलापबाट संस्थाको एकता र गरिमामा आँच अाएको भन्दै समितिले सावधानीका निम्ती सातदिन भित्र एनअारएनए युकेको कार्यालयमा उपस्थित भई स्पष्टीकरण दिन भनेको छ ।

सो स्पष्टीकरणको प्रतिक्रिया दिँदै घलेले आफू स्पष्टीकरण दिन कहीँ नजाने बताए । उनले भने – म कसैले बोलाएर स्पष्टीकरण दिन जाने मान्छे होइन ।

आफू केही नभएको बताउँदै उनले भने – सबैभन्दा ठूला जनता नै हुन् । उनले महेन्द्र कँडेलको घरमा जनतालाई भेला पारेर स्पष्टीकरण दिन आवश्यक छ कि छैन सोध्ने चेतावनी दिए । उनले अगाडि भने, ‘यदि जनताले स्पष्टीकरण दे भने भने दिन्छु । जुत्ताको माला लगा भने भने लगाउँछु । जनताभन्दा ठूला कोही छैनन् ।’

उनले अहिलेसम्म आफूले स्पष्टीकरण पत्र नहेरेको बताए । इमेल आएको थाहा पाएको तर आफू बैठकमा रहेका कारण पढ्न नपाएको उनको भनाइ थियो ।

उता समितिले काटेको स्पष्टीकरण पत्रमा सिंगो कार्यसमितिलाई जानकारी र सल्लाह नै नदिइ अनौपचारिक रात्री भोज भने बोलाएर अौपचारिक कार्यक्रम संचालन गरेको आरोप लगाइएको छ । एनअारएन युकेको संरक्षक काउन्सिल सदस्य तथा अाइसिसीको सल्लाहकार रहेका व्यक्तिबाट आफ्नो पदीय गरिमा र अोहोदालाई बिर्सि घलेले व्यक्तिगत स्वार्थका लागि यस्तो कार्य गरेकोमा समितिले आश्चर्य व्यक्त गरेको छ ।

अध्यक्ष घलेको युके भ्रमणका बेला गत शुक्रबार मेजर घलेले व्यक्तिगत निम्तामा एनअारएनएका सल्लाहकार र अाइसिसी सदस्यहरुलाई एसएमएसमार्फत डिनरका निम्ता पठाएका थिए । निम्तालुहरु कार्यक्रम स्थलमा पुग्दा योगेन क्षेत्री अध्यक्ष रहेको एनअारएनएको अौपचारिक कार्यक्रम थाहा पाएपछि असमन्जसमा परेका थिए ।

एनअारएनए युकेमा गतवर्षदेखि नै विवाद जारी छ । अहिले केन्द्रले मान्यता दिएको र पूर्व सहमतिअनुसार मान्यता पाएको दुई कार्य समिति यहाँ क्रियाशील छन् ।

 

 

स्पष्टीकरणको पूर्णपाठ

आदणिय बेलायतवासी नेपाली जनसमुदाय ,

हार्दिक नमस्कार,
Sub : रिमेजर डम्बर घलेज्यु लाई एक हप्ता दिन भित्रमा गैरआवासीय नेपाली संघ, बेलायतको कार्यलयमा उपस्थित भई स्पष्टीकरण दिन यो विज्ञप्ती जारी गरिएको छ ।
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष शेष घलेज्युको बेलायत भ्रमणले हामीलाई ध्यानाकर्षण गराएको छ । यस भ्रमणको शिलशिलामा गैरआवासीय नेपाली संघ, बेलायतको कार्य समितिले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष शेष घलेलाई आधिकारिक रुपमा स्वागत रभेटघाट गर्ने मौकाबाट बञ्चित हुनु परेकामा सिंगो कार्यसमिति स्तब्ध बनाएको छ । त्यसै अनुुरुप २ जनवरी ,२०१५ मा आयोजित रात्रीभोज प्रति हाम्रो घोर आपत्ति छ ।संस्थाको सामान्य नियम र परिधीलाई समेत लत्याएर गैरआवासीय नेपाली संघ बेलायतको सिंगो कार्यसमितिलाई जानकारी र सरसल्लाह बिना अनौपचारिक रात्रीभोज भनी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका (बेलायत आइसीसी ) सदस्यहरु, केन्द्रीय सल्लाहकार, गैरआवासीय नेपाली संघ, बेलायतको सल्लाहकार साथीहरु, लाई निमन्त्रणा गरियो । तर, प्रायोजित रुपमा कार्यक्रमलाई आधिकारिक भनी सञ्चालन गरियो ।कार्यक्रम आयोजक रि. मेजर डम्बर घलेज्यु एनआरएनए बेलायतको संरक्षक काउन्सिलका सदस्य र एनआरएनए आइसीसीका सल्लाहकारको गरिमामय पद र ओहोदामा बसी आफ्नो पदीय सीमालाई बिर्सिएर यसरी ब्यक्तिगत स्वार्थमा लिप्त हुनुले हामीलाई आश्र्यचकित बनाएको छ ।
के आधारमा गैरआवासीय नेपाली संघ, बेलायतको लोगो र ब्यानरलाई दुरुपयोग गरियो, कहाँको अधिकार प्रयोजन गरी कार्यक्रम सञ्चालन गरियो ? यसैगरी पदीयदायित्व बोकेका साथीहरुबाट यस प्रकारका गतिविधी हुँदा यसले संस्थाको गरिमा र एकतामा आँच आउने हाम्रो ठहर छ । अतः यस प्रकारका घटनाबाट सावधानीकानिम्ति रि. मेजर डम्बर घलेज्युलाई एक हप्ता दिन भित्रमा गैरआवासीय नेपाली संघ, बेलायतको कार्यलयमा उपस्थित भई स्पष्टीकरण दिन यो विज्ञप्ती जारी गरिएको छ ।
गैरआवासीय नेपाली संघ बेलायतका प्रमुख संरक्षक प्रो. सुर्य सुवेदी, संरक्षक महन्त श्रेष्ठ, सुर्य गुरुङ, कुल आचार्यका साथै केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डित एवं बेलायतको प्रतिनिधित्व गर्ने सबै आइसीसी सदस्यहरु, गैरआवासीय नेपाली संघ बेलायतको सल्लाहकार साथीहरुबाट एनआरएनको एकताको निम्ति समर्पित अविरल भूमिकालाई हामी उच्च मुल्यांकन गर्दै भविष्यमा पनि यो उच्च कार्यको यहाँहरुबाट सदैव निरन्तरता हुनेछ भन्ने पूर्ण आशा लिएका छौं ।नेपाली जनसमुदायप्रति अंग्रेजी क्यालेण्डरको वर्ष २०१५ शुभकामना, सुस्वास्थ्य, प्रगति, उन्नति र दीर्घायुको कामना ।

 Regards,

महेन्द्र कँडेल                                                                                  

अध्यक्ष     

राजकुमार त्रिपाठी 

 महासचिव

गैरआवासीय नेपाली संघ, बेलायत

प्रतिक्रिया

सम्बन्धित सामाग्री