कोही भन्छन् पैसा केही होइन । धेरै भन्छन् पैसा नै सबथोक हो ।
पैसाको परिभाषा र अर्थ अमूर्त र अनन्त छ । तर वास्तविकता यो हो कि जुनसुकै व्यक्तिलाई बाँच्न अरु थोकसँगै पैसा चाहिन्छ र पैसा आर्जन गर्न सीप ।
सबैसँग पैसा आर्जन गर्ने सीप हुँदैन । त्यसमाथि अपांगता भएकाहरुलाई त झन् त्यस्तो सीप टाढाको कुरा ।
यस्तै पीडा थियो मोरङ इँटहराका मानबहादुर लुंगेलीमगरलाई ।
दुईटै खुट्टा नचल्ने भएकाले भारजस्ती थियो जीवन । हिँडडुल गर्नलाई उनलाई मुस्किल थियो । हातमा सीप र गोजीमा पैसा त परको कुरा । पैसा नभएपछि सँगै मर्ने बाँच्ने कसम खाएर विवाह गरेकी श्रीमतीले पनि उनलाई छोडेर गइन् ।
तैपनि उनले हरेस खाएनन् । उनले आफूजस्तै अपांगता भएकाहरुको सञ्जालमा सदस्यता लिए । त्यही क्रममा प्लान इन्टरनेशनल नेपाल र जिल्ला अपांगता सञ्जालको सहयोगमा एक महिने साइकल मर्मत तालिममा उनी छानिए ।
तालिम सकेपछि उनको मगजमा विचार आयो अब आफ्नै वर्कसप खोल्ने । त्यसका लागि साथीभाइसित याचना पनि गरे । उनको पुकारा अपांगता सञ्जाल मोरङ र प्लान इन्टरनेशनल नेपालले सुन्यो । उनले १५ हजार रुपियाँ सहयोग पाए ।
त्यसपछि उनले आफ्नै घरमा वर्कसप खोले । केही वर्षअघिसम्म विश्वास गर्न नसकिएको दृश्य एकपछि अर्को उनको जीवनमा आउन थाल्यो । आम्दानी बढ्दै गयो । गाउँलेहरुले राम्रो काम गरेको भन्दै स्याबास्सी दिन थाले । उनी आफैंलाई पनि फरक किसिमको साइकल चढेर हाटबजार सबैतिर पुग्दा रोमाञ्चक लाग्ने नै भयो । अझ यो भन्दा खुशीको कुरा त उनलाई छोडेर माइत गएकी श्रीमती पनि घर फर्केर आइन् ।
अहिले मानबहादुरको सपना पूरा भएको छ । दंग पर्दै उनी भन्छन्, “प्लानको सहयोगले मेरो जीवनमा धेरै राम्रो परिवर्तन ल्याएको छ । मसंग दुई वर्ष अगाडिसम्म केही थिएन । अहिले धैरै कुरा छ ।”
त्यतिमात्र होइन उनीजस्ता अपांगता भएकाहरुलाई हेर्ने समाजको दृष्टिकोण पनि उनको गाउँमा बदलिएको छ । उनी भन्छन्, “पहिला यस्ताले पनि के संसारमा जन्म लिनु भन्नेहरु अहिले यिनीहरुले पनि मौका पाए गर्न सक्ने रहेछन् भन्न थालेका छन् ।”
पहिला के गरी छाक टार्नु भन्ने पीर उनीसित थियो । अहिले आफ्नै सीप बेचेर केही रकम गोजीमा जम्मा गर्न पाएकोमा उनी खुसी छन् । जीवनमा उनले सिकेको पाठ हो, “आफूसंग सीप भए मानिस परनिर्भर भएर बाँच्नु पर्दैन रहेछ ।”
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण