कोही भन्छन् पैसा केही होइन । धेरै भन्छन् पैसा नै सबथोक हो ।
पैसाको परिभाषा र अर्थ अमूर्त र अनन्त छ । तर वास्तविकता यो हो कि जुनसुकै व्यक्तिलाई बाँच्न अरु थोकसँगै पैसा चाहिन्छ र पैसा आर्जन गर्न सीप ।
सबैसँग पैसा आर्जन गर्ने सीप हुँदैन । त्यसमाथि अपांगता भएकाहरुलाई त झन् त्यस्तो सीप टाढाको कुरा ।
यस्तै पीडा थियो मोरङ इँटहराका मानबहादुर लुंगेलीमगरलाई ।
दुईटै खुट्टा नचल्ने भएकाले भारजस्ती थियो जीवन । हिँडडुल गर्नलाई उनलाई मुस्किल थियो । हातमा सीप र गोजीमा पैसा त परको कुरा । पैसा नभएपछि सँगै मर्ने बाँच्ने कसम खाएर विवाह गरेकी श्रीमतीले पनि उनलाई छोडेर गइन् ।
तैपनि उनले हरेस खाएनन् । उनले आफूजस्तै अपांगता भएकाहरुको सञ्जालमा सदस्यता लिए । त्यही क्रममा प्लान इन्टरनेशनल नेपाल र जिल्ला अपांगता सञ्जालको सहयोगमा एक महिने साइकल मर्मत तालिममा उनी छानिए ।
तालिम सकेपछि उनको मगजमा विचार आयो अब आफ्नै वर्कसप खोल्ने । त्यसका लागि साथीभाइसित याचना पनि गरे । उनको पुकारा अपांगता सञ्जाल मोरङ र प्लान इन्टरनेशनल नेपालले सुन्यो । उनले १५ हजार रुपियाँ सहयोग पाए ।
त्यसपछि उनले आफ्नै घरमा वर्कसप खोले । केही वर्षअघिसम्म विश्वास गर्न नसकिएको दृश्य एकपछि अर्को उनको जीवनमा आउन थाल्यो । आम्दानी बढ्दै गयो । गाउँलेहरुले राम्रो काम गरेको भन्दै स्याबास्सी दिन थाले । उनी आफैंलाई पनि फरक किसिमको साइकल चढेर हाटबजार सबैतिर पुग्दा रोमाञ्चक लाग्ने नै भयो । अझ यो भन्दा खुशीको कुरा त उनलाई छोडेर माइत गएकी श्रीमती पनि घर फर्केर आइन् ।
अहिले मानबहादुरको सपना पूरा भएको छ । दंग पर्दै उनी भन्छन्, “प्लानको सहयोगले मेरो जीवनमा धेरै राम्रो परिवर्तन ल्याएको छ । मसंग दुई वर्ष अगाडिसम्म केही थिएन । अहिले धैरै कुरा छ ।”
त्यतिमात्र होइन उनीजस्ता अपांगता भएकाहरुलाई हेर्ने समाजको दृष्टिकोण पनि उनको गाउँमा बदलिएको छ । उनी भन्छन्, “पहिला यस्ताले पनि के संसारमा जन्म लिनु भन्नेहरु अहिले यिनीहरुले पनि मौका पाए गर्न सक्ने रहेछन् भन्न थालेका छन् ।”
पहिला के गरी छाक टार्नु भन्ने पीर उनीसित थियो । अहिले आफ्नै सीप बेचेर केही रकम गोजीमा जम्मा गर्न पाएकोमा उनी खुसी छन् । जीवनमा उनले सिकेको पाठ हो, “आफूसंग सीप भए मानिस परनिर्भर भएर बाँच्नु पर्दैन रहेछ ।”
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने