काठमाडौं। विदेशी मुद्राको कारोवार गर्ने व्यक्ति वा संस्थाले वाणिज्य बैक, विकास वैंकमा चिनियाँ मुद्रा युआनमा खाता खोल्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा ए र बी वर्गको बैंक तथा वित्तीय संस्थाले युआनमा बैंक खाता खोल्न सक्ने उल्लेख छ । नेपालमा युआन र भारतीय रुपैयामा खाता खोल्न प्रतिबन्ध रहेकोमा युआनलाई खुला गरिएको हो ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय व्यापारका भुक्तानी सम्बन्धि प्रचलनहरुभित्र रहेर बैंक तथा वित्तीय संस्थाहरुले नेपाली तथा चिनियाँ व्यापारिक र्फमहरुबीचको व्यापारको लागि एलसी, ड्राफ्ट, टिटीलगायतका माध्यमबाट हुने भुक्तानी चिनियाँ मुद्रामा गर्न सकिने जनाएको छ ।
यसैगरी नेपाली निर्यातकर्ताहरुले चीनमा गर्ने बस्तु तथा सेवा निर्यात तथा चीनबाट प्राप्त गर्ने ऋण, प्रत्यक्ष वैदेशिक लगानी वापत प्राप्त हुने रकम पनि युआनमै स्वीकार गर्न सक्ने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले खरीद गरेको युआन चीनस्थित वाणिज्य बैंकमा खोलिएको खातामा जम्मा गर्न सक्ने सुविधा पनि राष्ट्र बैंकले दिएको छ । चीन गएका विद्यार्थीहरुले पनि चिनीयाँ मुद्रामै सटही सुविधा पाउने छन् ।
राष्ट्र बैंकले चिनियाँ मुद्रामा जारी भएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगबाट नेपाली रुपैयाँमा भुक्तानी दिन सकिने व्यवस्था गरिदिएको छ । यस्तो रकमको हिसाव मिलान चीनस्थित आफ्नै युआन खाताबाट गर्न सकिने छ ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी