काठमाडौं। विदेशी मुद्राको कारोवार गर्ने व्यक्ति वा संस्थाले वाणिज्य बैक, विकास वैंकमा चिनियाँ मुद्रा युआनमा खाता खोल्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले  जारी गरेको निर्देशिकामा ए र बी वर्गको बैंक तथा वित्तीय संस्थाले युआनमा बैंक खाता खोल्न सक्ने उल्लेख छ । नेपालमा युआन र भारतीय रुपैयामा खाता खोल्न प्रतिबन्ध रहेकोमा युआनलाई खुला गरिएको हो ।
राष्ट्र बैंकले अन्तर्राष्ट्रिय व्यापारका भुक्तानी सम्बन्धि प्रचलनहरुभित्र रहेर बैंक तथा वित्तीय संस्थाहरुले नेपाली तथा चिनियाँ व्यापारिक र्फमहरुबीचको व्यापारको लागि एलसी, ड्राफ्ट, टिटीलगायतका माध्यमबाट हुने भुक्तानी चिनियाँ मुद्रामा गर्न सकिने जनाएको छ ।
यसैगरी नेपाली निर्यातकर्ताहरुले चीनमा गर्ने बस्तु तथा सेवा निर्यात तथा चीनबाट प्राप्त गर्ने ऋण, प्रत्यक्ष वैदेशिक लगानी वापत प्राप्त हुने रकम पनि युआनमै स्वीकार गर्न सक्ने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाले खरीद गरेको युआन चीनस्थित वाणिज्य बैंकमा खोलिएको खातामा जम्मा गर्न सक्ने सुविधा पनि राष्ट्र बैंकले दिएको छ । चीन गएका विद्यार्थीहरुले पनि चिनीयाँ मुद्रामै सटही सुविधा पाउने छन् ।
राष्ट्र बैंकले चिनियाँ मुद्रामा जारी भएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगबाट नेपाली रुपैयाँमा भुक्तानी दिन सकिने व्यवस्था गरिदिएको छ । यस्तो रकमको हिसाव मिलान चीनस्थित आफ्नै युआन खाताबाट गर्न सकिने छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य