कालिकोट । चुलोमा रहेको फलामको ओदान बेचेर चर्पि निर्माण गर्ने कालिकोट जिल्लाको कुमालगाँउ गाविस वडा नम्बर ४ निवासी कलु सुनार गाविसलाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा जुटेकी छिन् ।
अभावमा परिवार चलाउदै आएका सुनार मन भएपछि काम गर्न जस्तोसुकै समस्यालाई टार्न सकिने बताउँदै कर्णाली अञ्चलकै पहिलो पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्ने उद्देश्यले सो अभियानमा जुटेकी हुन् ।
सानैदेखि सामाजिक काममा अग्रसर हुने सुनारले २०६६ सालमा कुमाल गाउँ गाविसलाई खुला दिसामूक्त गाविस घोषणा गर्ने क्रममा शौचालय बनाउने पैसा नभएपछि चुलोको ओदान बिक्रि गरी शौचालय निर्माण गरेकी थिइन् । सो गाविसलाई कर्णाली अञ्चलकै पहिलो खुला दिसामूक्त गाविस घोषणा गर्न ओदान बेचेर शौचालय निर्माण गर्ने सुनार अहिले फेरी गाविसलाई कर्णाली अञ्चलकै पहिलो पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्न कस्सिएकी छिन् ।
उमेरले ६० बर्ष नाघिसकेकी सुनारलाई सामाजिक काममा युवाको जस्तो जोस आउँछ ।
खानेपानी तथा सरसफाईका क्षेत्रमा क्रियाशील गैर सरकारी संस्था किर्डाक नेपाल कालिकोटले थालेको सरसफाई अभियानलाई सहयोग गर्दै आएकी उनलाई कालिकोट जिल्लालाई नै खुला दिसामुक्त जिल्ला बनाउने अभियानलाई सहयोग गरेको भन्दै २०६८ साल जेष्ठ २६ गते जिल्ला खुल्ला दिशामूक्त घोषणा कार्यक्रममा पुरस्कृत पनि गरिएको थियो ।
धनले गरिब बनाएपनि मनले गरिब नबनाएको उनी बताउँछिन । गाउँगाउँमा सरसफाइबारे जनचेतना जगाउने उनलाई अहिले के खाने भरे के खाने समस्या छ ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य