कालिकोट । चुलोमा रहेको फलामको ओदान बेचेर चर्पि निर्माण गर्ने कालिकोट जिल्लाको कुमालगाँउ गाविस वडा नम्बर ४ निवासी कलु सुनार गाविसलाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा जुटेकी छिन् ।
अभावमा परिवार चलाउदै आएका सुनार मन भएपछि काम गर्न जस्तोसुकै समस्यालाई टार्न सकिने बताउँदै कर्णाली अञ्चलकै पहिलो पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्ने उद्देश्यले सो अभियानमा जुटेकी हुन् ।
सानैदेखि सामाजिक काममा अग्रसर हुने सुनारले २०६६ सालमा कुमाल गाउँ गाविसलाई खुला दिसामूक्त गाविस घोषणा गर्ने क्रममा शौचालय बनाउने पैसा नभएपछि चुलोको ओदान बिक्रि गरी शौचालय निर्माण गरेकी थिइन् । सो गाविसलाई कर्णाली अञ्चलकै पहिलो खुला दिसामूक्त गाविस घोषणा गर्न ओदान बेचेर शौचालय निर्माण गर्ने सुनार अहिले फेरी गाविसलाई कर्णाली अञ्चलकै पहिलो पूर्ण सरसफाईयुक्त गाविस घोषणा गर्न कस्सिएकी छिन् ।
उमेरले ६० बर्ष नाघिसकेकी सुनारलाई सामाजिक काममा युवाको जस्तो जोस आउँछ ।
खानेपानी तथा सरसफाईका क्षेत्रमा क्रियाशील गैर सरकारी संस्था किर्डाक नेपाल कालिकोटले थालेको सरसफाई अभियानलाई सहयोग गर्दै आएकी उनलाई कालिकोट जिल्लालाई नै खुला दिसामुक्त जिल्ला बनाउने अभियानलाई सहयोग गरेको भन्दै २०६८ साल जेष्ठ २६ गते जिल्ला खुल्ला दिशामूक्त घोषणा कार्यक्रममा पुरस्कृत पनि गरिएको थियो ।
धनले गरिब बनाएपनि मनले गरिब नबनाएको उनी बताउँछिन । गाउँगाउँमा सरसफाइबारे जनचेतना जगाउने उनलाई अहिले के खाने भरे के खाने समस्या छ ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए