काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले तीन दिनभित्र संविधान निर्माणका सम्बन्धमा परिणाम निस्कने बताएका छन्। महोत्तरी परिवार काठमाण्डौंद्वारा प्रधान न्यायाधीश रामकुमार प्रसाद साहको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधानको निर्माण नै अहिलेको प्राथमिकता भएको पनि बताए। ‘सभामुखज्यूले सक्रियता बढाएपछि सबै राजनीतिक दलहरुलाई हामीले पो अग्रसरता लिनु पर्दछ भन्ने लागेको छ,’ उनले भने,’दुइ तीन दिनभित्र समाधान हुन्छ । संविधान निर्माण सफल हुन्छ भन्ने मेरो विश्वास छ।’ उनले समयले सुनौलो अवसर प्रदान गरेकोले यसलाई सदुपयोग गर्न नसके दुष्परिणाम आउने चेतावनी दिए।
प्रधानमन्त्री कोइरालाले संविधान दिएर मुलुकलाई विकासको मार्गमा लैजानु पर्ने आवश्यकता पनि औल्याए । ‘छिमेकी भारतले पनि यहाँ शान्ति, स्थिरता र विकास होस भन्ने चाहना राखेको छ। चीनले पनि हाम्रो विकासबाट फाइदा लिनुहोस् भनिरहेको छ,’ उनले भने, ‘नेपालको शान्ति, राजनीतिक स्थिरता र विकासमा यूरोपेली मुलुकका देशहरु र अमेरिका पनि चिन्तित छन। अहिले विकासले त गति लिने अवस्था छ।’ प्रधानमन्त्री कोइरालाले मुलुकले द्वन्द्व र आन्दोलन धान्न नसक्ने बताए ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली जनताले ६ दशकभन्दा बढीको संघर्षले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गरी सुरक्षित गर्नुपर्ने आवश्यकता पनि औल्याए। ‘थप आन्दोलन गरिरहनु जरुरी छैन। सबै आदिवासी,जनजाति, महिला,मुस्लिम,अल्पसंख्यक, र विभिन्न धर्म –संस्कृति मान्ने र भाषा बोल्नेहरुको हक अधिकार यही संविधानमा सुरक्षित हुन्छ’प्रधानमन्त्री कोइरालाले भने’तोडफोड, आन्दोलन र विध्वंश आवश्यक छैन।’
प्रधानमन्त्री कोइरालाले २०६२/६३ सालको जनआन्दोलन सहितका आन्दोलनहरुबाट हासिल भएका संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशितालाई संस्थागत गरी अगाडि बढ्न पनि आग्रह गरे।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रधानन्यायाधीश रामकुमार प्रसाद साहले न्याय क्षेत्रको सर्वोच्च पदको गरिमा,मर्यादा र उचाईलाई सम्मान गर्दै न्यायिक निरपण र न्यायप्रशासनलाई न्यायिक इतिहासमा अविश्वमरणीय बनाउने विश्वास व्यक्त गरे।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य