काठमाडौं। नेपाल प्रहरीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न रहेको आरोपमा केहीलाई पक्राउ गरेको छ। हत्याको करिब तीन वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआइ) ले हत्या रहस्य सुल्झाउँदै पक्राउ गरेको हो ।
स्रोतका अनुसार पक्राउ पर्नेमा चुरेभावर राष्ट्रिय पार्टीका सानुबाबु थापालगायतलाई पक्राउ गरेको नागरिक न्युजले जनाएको छ। तीन वर्षअगाडि बंगलामुखी मन्दिर पुजा गरी फर्किने क्रममा युएन पार्कनजिकै मोटरसाइकल सवार व्यक्तिले आक्रमण गरेको थियो ।
सो हत्याको अनुसन्धानको लागि उच्चस्तरीय समिति बनाई अनुसन्धान गरे पनि हत्या रहस्य पहिल्याउन प्रहरी सफल हुन सकेको थिएन। स्रोतका अनुसार प्रहरीले घटनामा संलग्न देखिएका अधिकांशलाई पक्राउ गरिसकेको छ। आजै प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी बम हत्याको विवरण सार्वजनिक गर्ने तयारी छ।
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान