गोरखा । द सेवा नेपाल नामक गैरसरकारी संस्थाले मान्छेको पिसाब सङ्कलन गरेर किसानलाई वितरण गरेको छ ।
बुधबार गोरखा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा उपस्थित भएका मानिसको पिसाब सङ्कलन गरेको द सेवाले बिहीबार गोरखाका किसानलाई पिसाब वितरण गरेको हो ।
जर्किनमा सङ्कलन गरिएको पिसाब लिनका लागि हरमटारीस्थित खेलकुद मैदानमा किसानको भीड लागेको छ । रासायनिक मलको सट्टामा उक्त पिसाब तरकारी बालीमा प्रयोग गर्दा उत्पादन धेरै हुने किसानको भनाइ छ । किसानले जर्किनका जर्किन पिसाब बोकेर घर लगेका छन् ।
‘जैविक तरकारीखेतीका लागि पिसाब महत्वपूर्ण छ’ द सेवाले सङ्कलन गरेको पिसाबको जर्किन लिएपछि गोरखा नगरपालिका-३ की पम्फा लामिछानेले भनिन, ‘पिसाब प्रयोग गरेर तरकारी बालीको उत्पादन धेरै लिन सकिन्छ ।’ द सेवाले इकोसान प्रविधिमार्फत मानिसको पिसाब जर्किनमा सङ्कलन गरेको थियो ।
फोहरलाई पुनः प्रयोग गर्नलाई इकोसान प्रविधि आवश्यक पर्ने द सेवाले जनाएको छ । नेपाल स्वास्थ्यका लागि पानी नेवा नेपालको समन्वयमा द सेवाको प्राविधिक सहयोगमा जर्किनको मुखमा सोली राखेर पिसाब सङ्कलन गरिएको थियो ।’पाँच सय लिटर पिसाब किसानलाई वितरण गरेका हौँ’ नेवाका विनोद कोइरालाले भने , ‘अब एक महिनापछि पिसाबलाई मलका रूपमा तरकारी बालीमा प्रयोग गर्न सकिन्छ ।’ एक लिटर पिसाबमा तीन लिटर पानी मिसाएर तरकारी बालीमा प्रयोग गर्दा रासायनिक मल प्रयोग गरेको भन्दा धेरै उत्पादन लिन सकिने कोइरालाले जानकारी दिए । गोरखा जिल्लामै पहिलोपटक इकोसान प्रविधिमार्फत पिसाब सङ्कलन गरिएको हो ।
‘मेला र महोत्सवमा अब पिसाब सङ्कलन गर्नेछौँ’ कोइरालाले भने , ‘किसानलाई पनि पिसाबको फाइदाबारे जानकारी दिएका छौँ ।’ किसानलाई तालिम दिएर पिसाब प्रयोगका लागि सिकाइएको बताइयो ।
मान्छेको पिसाबमा नाइट्रोजन, फस्फोरस र पोटास हुन्छ । पिसाबलाई बालीमा प्रयोग गर्दा माटोलाई कुनै बेफाइदा नगर्ने द सेवाले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?