काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले देशका विभिन्न स्थानमा आयोजित रथयात्रा बिहीबार काठमाडौँमा प्रवेश गराएको छ।
यही पुस ९ गतेदेखि काकरभिट्टाबाट सुरु भएको सो रथयात्रा तराईका २२ जिल्ला तथा पहाडका आठ जिल्लामा यात्रा तथा सभा गरी यहाँ आइपुगेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए।
पार्टीले नयाँ संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै करिब दुई हजार किमिको सो यात्रा र यात्राका क्रममा विभिन्न स्थानमा स्थानीय जनतासँग अन्तर्क्रिया तथा सभा गरेको छ। भक्तपुरको दत्तात्रय तथा ललितपुरको कृष्णमन्दिर आसपास क्षेत्रमा शुक्रबार यात्रा गरी अपराह्न खुलामञ्चमा सभा गरेर पशुपतिनाथमा पुगेर रथयात्रा समापन हुने जनाइएको छ ।
यसैबीच सोही दलका केही असन्तुष्ट नेताले पार्टी अध्यक्ष कमल थापाको कार्यशैलीप्रति विरोध गर्दै थानकोटमा आजै दिउँसो कालो झन्डा प्रदर्शन गरे ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते