पर्वत । याकुन अर्थात भुइँ स्याउ हेर्दाखेरी ठयाक्कै सखरखण्डजस्तै देखिने यो फल आकारमा केही ठूला हुन्छन । कन्दमुलको रुपमा माटोमुनी शखरखण्ड झैँं लटरम्म फल्ने यो फललाई ग्राउण्ड आप्पल भनिन्छ । यसैले यसलाई नेपालीमा भुइँ स्याउ भनिएको हो ।
विशेषगरी दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियामा पाइएता पनि नेपालका विभिन्न जिल्लाहरु बाग्लुग, पर्वत, म्याग्दी, गुल्मी, लमजुंग, रोल्पा, रुकुम, नुवाकोट, रसुवा आदिमा विगत एक / दुई वर्षयता अर्गानिक उत्पादन गर्न थालिएको छ ।
आइरन, क्याल्सियम, सोडियम, पोटासियम जस्ता भिटामिनहरु प्रशस्त मात्रामा पाइने र रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न पनि यसले सहयोग गर्ने बताइन्छ । यसैले यो फललाई हिलिग प्लान्ट पनि भन्छन् पर्वतका व्यवसायी टंक बहादुर पाइजा ।
हालै पर्वतको कुश्मा बजारमा कफी, लप्सि, सुन्तला प्रवर्द्धनका लागी लगाइएको विशेष लगाइएको मेलामा पर्वतका व्यवसायी कृषकहरुले आफ्ना अन्य उत्पादनका साथमा यो नयां फल बिक्री गरेका छन् । प्रतिकेजी १५० रुपियांका दरले याकुन बिक्री हुने गरेको छ । “आफनै बारीको याकुन हो हजुर चाखेर लानुस्, हाम्रो याकुनको प्रचार गरि दिनुस् र स्थानीय उत्पादनलाई बढावा दिनुस्”, नयां फल काटेर ग्राहकलाई चाख्न दिदै विनम्रतापूर्वक व्यवसायीहरु अनुरोध गरिरहेका थिए ।
व्यवसायी पाइजाका अनुसार अहिले उनका गाउंका युवाहरु परम्परागत खेति छोडेर सहकारीमार्फत याकुन खेतितिर आकर्षित हुन थालेका छन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते