काठमाडौं। संविधान निर्माणको अन्तर्वस्तुमा सहमति जुट्न नसक्ने निष्कर्षमा पुगेका प्रमुख राजनीतिक दलहरुले आ आफ्नो रणनीति शुरु गरेका छन्।
विवादको विषयमा सहमति खोज्न गठित कार्यदलमा समेत सहमति नजुटेपछि दलहरु आफ्नो योजनाअनुसार अघि बढेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस तथा एमालेका सभाषदहरुको छुट्टाछुट्टै टोलीले सभामुख सुवासचन्द्र नेम्वाङसँग भेटेर संविधान निर्माणको मतदान प्रक्रिया अघि बढाउन दवाव दिएका छन् भने विपक्षी दलहरु एकीकृत नेकपा माओवादी र मधेश केन्द्रीय दलहरुले सशक्त आन्दोलनको तयारी शुरु गरेका छन्।
राज्य पुनर्सरचना, शासकीय स्वरूप, न्याय र निर्वाचन प्रणालीमा सहमति जुटाउन सोमबार बिहान शीर्ष र प्रमुख चार पक्षका प्रमुख नेताको छुट्टाछुट्टै बैठक बसेको थियो । शीर्ष तहको छलफलमा पनि नेताहरू आफ्नो अडानमा कायमै छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विवादित विषयमा सहमतिमा पुग्न प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारबीचमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । ‘सहमति गर्दा नहुने कुरो छैन,’बैठकपछि एमाले अध्यक्ष ओलीले भने, ‘लचकता नदेखाएकै पनि भन्न मिल्दैन, तर धेरै ठाउँ आफ्नो हैसियतमा यताउती गरिहालेको स्थिति पनि होइन, अवस्था अलि जटिल नै देख्दैछु ।’
बैठकमा शीर्ष नेताले कार्यदलको तहमा नमिलेको विषयलाई व्यक्तिगत तहमा सहमति खोज्ने प्रयास गर्ने भएका छन्। व्यक्तिगत तहबाट समाधान खोज्ने निर्णय भएको नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा