काठमाडौं। संविधान निर्माणको अन्तर्वस्तुमा सहमति जुट्न नसक्ने निष्कर्षमा पुगेका प्रमुख राजनीतिक दलहरुले आ आफ्नो रणनीति शुरु गरेका छन्।
विवादको विषयमा सहमति खोज्न गठित कार्यदलमा समेत सहमति नजुटेपछि दलहरु आफ्नो योजनाअनुसार अघि बढेका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस तथा एमालेका सभाषदहरुको छुट्टाछुट्टै टोलीले सभामुख सुवासचन्द्र नेम्वाङसँग भेटेर संविधान निर्माणको मतदान प्रक्रिया अघि बढाउन दवाव दिएका छन् भने विपक्षी दलहरु एकीकृत नेकपा माओवादी र मधेश केन्द्रीय दलहरुले सशक्त आन्दोलनको तयारी शुरु गरेका छन्।
राज्य पुनर्सरचना, शासकीय स्वरूप, न्याय र निर्वाचन प्रणालीमा सहमति जुटाउन सोमबार बिहान शीर्ष र प्रमुख चार पक्षका प्रमुख नेताको छुट्टाछुट्टै बैठक बसेको थियो । शीर्ष तहको छलफलमा पनि नेताहरू आफ्नो अडानमा कायमै छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विवादित विषयमा सहमतिमा पुग्न प्रधानमन्त्री सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारबीचमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको बताए । ‘सहमति गर्दा नहुने कुरो छैन,’बैठकपछि एमाले अध्यक्ष ओलीले भने, ‘लचकता नदेखाएकै पनि भन्न मिल्दैन, तर धेरै ठाउँ आफ्नो हैसियतमा यताउती गरिहालेको स्थिति पनि होइन, अवस्था अलि जटिल नै देख्दैछु ।’
बैठकमा शीर्ष नेताले कार्यदलको तहमा नमिलेको विषयलाई व्यक्तिगत तहमा सहमति खोज्ने प्रयास गर्ने भएका छन्। व्यक्तिगत तहबाट समाधान खोज्ने निर्णय भएको नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते