काठमाडौं। चीनले नेपाली सीमासम्म रेल सञ्जाल विस्तार गर्न तयार रहेको जनाएको छ। बेइजिङले नेपाललाई आफ्नै भूभागभित्रको विस्तार संभाव्यता अध्ययन गर्न पनि आग्रह गरेको छ।
शुक्रबार नेपाली समकक्षीँ महेन्द्रबहादुर पाण्डेसँग भएको द्वीपक्षीय वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले केरुङसम्म रेल लाइन विस्तार गर्ने सहमति जनाएका हुन्। चीनले अगस्ट महिनासम्म केरुङसम्म रेल सञ्जाल विस्तार हुने जनाएको छ।
वाङले नेपाललाइ काठमाडौं वा अन्य स्थान कहाँसम्म विस्तार गर्ने हो त्यसको संभाव्यता अध्ययन गर्ने आग्रह गरेका थिए।
चिनियाँ विदेश मन्त्रालयले आफ्नै वेबसाइटमा चीनले सिगात्सेबाट नेपाली भूभागसम्म लाइन विस्तार गर्ने छ। केरुङबाट सिगात्से ५ सय ४० किलोमिटर पर छ। सिमावर्ती जिल्ला रसुवाबाट सिगात्से ३५ किलोमिटर टाढा रहेको छ। यसअघि नै चीनले चिङ्हाइ तिब्बत रेल नेपालसम्म पुर्याउने बारेमा सैद्धान्तिक सहमति जनाएको थियो।
‘वार्ताको क्रममा चिनियाँ पक्षले आफ्नो भूभागमा रेललाइन विस्तारको संभाव्यता अध्ययन गर्न आग्रह गरेको छ’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले भने ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा