काठमाडौँ। सरकारले वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने तयारी तीव्र पारेको छ।
विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले घोषणा कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ मा भएका प्रावधान प्रयोग गर्ने जनाएको छ। प्लास्टिक झोलाले वातावरणमा नकारात्मक प्रभाव पारेको र मानव स्वास्थ्यलाई समेत प्रभावित पारेको भन्दै मन्त्रालयले सबै क्षेत्रलाई सो अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ ।
प्लास्टिक झोलाको प्रयोगबाट वातावरणमा नकारात्मक प्रभाव परेको यथार्थतालाई ध्यानमा राखी व्यवस्थापिका–संसद् अन्तर्गतको वातावरण संरक्षण समितिले गत भदौ ९ गते नै २०७२ वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त क्षेत्र घोषणाका लागि आवश्यक तयारी गर्न सरकारलाई निर्देशन दिइसकेको छ ।
प्लास्टिक झोला नियन्त्रणका लागि चेतना अभियान सञ्चालन गर्ने, साधन र स्रोतको उचित परिचालन गर्ने, निजी क्षेत्रका प्रतिनिधि र सरोकारवालासँग छलफल कार्यक्रम गर्ने तयारीसमेत मन्त्रालयले गरेको छ ।
प्लास्टिकको झोला नियन्त्रणपछि वैकल्पिक व्यवस्थाका बारेमा उद्योगी व्यवसायीसँग पनि आवश्यक छलफल गर्ने र उपायको खोजी गर्न प्रेरित गर्ने मन्त्रालयले जनाएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते