काठमाडौँ। चीनका विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक सद्भावना भ्रमण पूरा गरी शनिबार दिउँसो ढाकातर्फ प्रस्थान गरेका छन्।
भ्रमणका क्रममा राष्ट्रपति र प्रधानमन्त्रीलाई बेग्लाबेग्लै भेटेर उनले चीन–नेपाल सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा पारस्परिक सहयोग अभिवृद्धिमा सहकार्य गर्दै अघिबढ्ने राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश प्रवाह गर्नुका साथै नेपाल उच्च चीनको प्राथमिकतामा रहेको बताएका थिए।
शुक्रबार आफ्ना समकक्षी महेन्द्रबहादुर पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्तापछि ८० करोड चिनियाँ युआन अनुदान सहायता वृद्धिको घोषणा तथा नेपाल, भारत र चीनबीचको सहकार्यबाट दक्षिण एसियामा समृद्धि सुनिश्चित गर्न सकिने विचार व्यक्त गरेर उनले चिनियाँ विदेश नीतिको व्यापकता प्रष्टाएका थिए।
निजामती अस्पताललाई चिकित्सकीय उपकरण हस्तान्तरण र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान निर्माणको शिलान्यास गरेर चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिनुभएका चिनियाँ विदेश मन्त्रीको भ्रमणलाई सफल मानिएको छ ।
मन्त्री वाङलाई विमानस्थलको विशिष्ठ कक्षमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र चिनियाँ दूतावासका पदाधिकारीले गरे।
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल