काठमाडौं। नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुटाउन प्रधानमन्त्री सुशील कोइरालाले चारपक्षीय बैठकअघि सबै पक्षसँग छुट्टाछुट्टै वार्ता गरी सहमतिको प्रयास गरेका छन्। बिहान साढे ८ बजे प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष दाहालबीच वार्ता हुनेछ। त्यसपछि प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष केपी ओलीसँग र दिउँसो २ बजे मधेसी मोर्चासँग वार्ता गर्नेछन्। ४ बजे चार पक्षबीच बैठक हुनेछ।राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा दलहरुबीच सहमति जुट्न बाँकी छ।
बुधबारको बैठकपछि ट्विट गर्दै एमाले अध्यक्ष ओलीले नेताहरूबीच बुधबार भएको ‘वान टु वान’वार्ताको निष्कर्षसहित बिहीबार फेरि सामूहिक वार्तामा बस्ने तय भएको उल्लेख गरेका छन्।
यसअघि बुधबार अपरान्ह भएको वार्तामा नेकपा (एमाले) का अध्यक्ष ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माण प्रभावित हुने गरी सार्वजनिक कार्यक्रममा आरोप–प्रत्यारोप नगर्ने सहमति गरेका छन्।
एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष दाहालबीच बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवैले आरोप–प्रत्यारोप नगर्ने बताएका हुन्।
संविधानका अन्तर्वस्तुमा सहमति खोज्न बसेको चार राजनीतिक शक्तिका नेताहरूबीच बसेको बुधबारको बैठक आपसी विश्वासको वातावरण बनाउन केन्द्रित थियो।
गत शनिबारको बैठक एकीकृत माओवादीले बहिष्कार गरेपछि दुई नेताबीच वाकयुद्ध चर्किएको थियो। उनीहरू व्यक्तिगत आरोप–प्रत्यारोमै उत्रिएका थिए।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा