काठमाडौँ। पर्वतारोहणका क्षेत्रमा नेपाली महिला टोली विश्व कीर्तिमान स्थापना गर्न सफल भएको छ। विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण गर्ने साहसिक अभियानमा रहेका नेपाली महिलाको समावेशी आरोहण टोलीले मङ्गलबार दिउँसो ३ बजे अन्टार्टिका महादेशको सर्वोच्च शिखर भिन्सन म्यासिफको चुचुरो चुमेर नयाँ विश्व कीर्तिमान स्थापना गरेको हो ।
टोलीकी संयोजक शैली बस्नेतका अनुसार, चार हजार ८९२ मिटर अग्लो सो शिखर चुम्ने आरोहीमा चुनु श्रेष्ठ, पेमाडिकी शेर्पा, माया गुरुङ र निम्डोमा शेर्पा छन् ।
महिला मात्र सम्मिलित टोलीले सातै महादेशका सर्बोच्च शिखरको सफलतापुर्वक आरोहण गरी विश्व कीर्तिमान कायम गरेको हो ।
विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहणबाट सुरु भएको यस अभियानअन्तर्गत उक्त समावेशी टोलीले यसअघि अस्ट्रेलिया, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका र अफ्रिकाका सबैभन्दा अग्ला हिमशिखरको सफल आरोहण गरेको थियो ।
उचाइ धेरै नभए पनि अति नै चिसो, जोखिम, दूरी र खर्चका दृष्टिले सात शिखरमध्ये सबैभन्दा चुनौतीपूर्ण आन्टार्टिका रहेको टोली संयोजक बस्नेतको भनाइ छ ।
आफ्नो टोलीको असाधारण अभियान सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, पर्यटन बोर्ड, उद्योगी, व्यवसायी, विदेशस्थित नेपाली राजदूतावासलगायत सम्पूर्ण स्वदेशी, विदेशी सहयोगीप्रति समावेशी महिला पर्वतारोही दलले आभार व्यक्त गरेको छ ।
हिमशिखर आरोहणका साथै महिला सशक्तिकरण, बालिका शिक्षा र पर्यावरण संरक्षणलाई पनि आफ्नो अभियानको उद्देश्य बनाएको सो सात सदस्यीय टोलीमा आशाकुमारी सिंह र पुजन आचार्य पनि छन् ।
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम