काठमाडौं । कतार सरकारले कार्य वातावरण सुधार्ने बाचा गरेपनि ‘विश्व कप फुटबल २०२२’ को भौतिक पूर्वाधर निर्माणमा संलग्न नेपाली कामदारको सन् २०१४ मा एक दिनको अन्तरमा निधन हुने गरेको भेटिएको छ।
बेलायतबाट प्रकाशित हुने गार्जियन पत्रिकाले भारतीय, श्रीलंकाली र बंगलादेशी कामदारको मृत्यु हुनेको संख्या जोड्ने हो भने दैनिक एकभन्दा बढी कामदारको मृत्यु हुनसक्ने बताएको छ। गार्जियनले आप्रवासी कामदारको अवस्था बारेमा श्रृखलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि कतारले त्यसक्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाएको थियो। कतार सरकारले अनुसन्धानमा नियुक्त गरेको अन्तर्राष्ट्रिय ल फर्म डिएलए पिपरले मेमा प्रकाशित सो प्रतिवेदनको आधारमा सुधार गर्ने प्रतिवद्धता जनाएको थियो।
तर कतारले सामान्य सुधारमात्रै गरेको आरोप लगाउँदै आएका मानवअधिकारवादी संस्थाहरुले सो प्रतिवेदनको सिफारिस अनुसार ५० डिग्री सेल्सियसभन्दा तातोमा निरन्तर रुपमा लामो समयसम्म काम गर्दा पर्ने असर बारेमा पर्याप्त अनुसन्धान नभएको बताएका छन्।
नेपाल वैदेशिक रोजगारी प्रवर्द्धन बोर्डअनुसार यस वर्षको जनवरीदेखि मध्य नोभेम्बरसम्म १ सय ५७ जना निधन भएको छ। उनीहरु मध्ये ६७ जनाको हर्ट अट्याक र मुटु सम्बन्धी कारण र ३४ जनाको कार्यक्षेत्रमा भएको दुर्घटनामा निधन भएको छ। यो संख्या सन् २०१३ मा त्यसै अवधीमा १ सय ६८ थियो ।
‘लामो समयसम्म उच्च तापक्रममा काम गर्दा त्यसले गम्भीर प्रकारको समस्याको जोखिम हुन्छ । यो संख्या एकदमै चिन्ताजनक छ,’ ह्युमन राइट वाचका मध्यपूर्व क्षेत्रका अनुसन्धानकर्ता निकोलस म्याकगिसानले गार्जियनसँग भने, ‘कार्य वातावरण र बसोबास सम्बन्धी समस्याको कारण मृत्यु भएको हो की होइन भन्ने अनुसन्धान गर्ने जिम्मा कतारको हो, तर कतारले डिएलए पिपरको मृत्युको कारण बारेमा तत्काल अनुसन्धान शुरु गर्न गरेको सिफारिसलाई कार्यान्वयन गर्न ठाडै अश्विकार गरेको छ।’
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त