काठमाडौं । कतार सरकारले कार्य वातावरण सुधार्ने बाचा गरेपनि ‘विश्व कप फुटबल २०२२’ को भौतिक पूर्वाधर निर्माणमा संलग्न नेपाली कामदारको सन् २०१४ मा एक दिनको अन्तरमा निधन हुने गरेको भेटिएको छ।
बेलायतबाट प्रकाशित हुने गार्जियन पत्रिकाले भारतीय, श्रीलंकाली र बंगलादेशी कामदारको मृत्यु हुनेको संख्या जोड्ने हो भने दैनिक एकभन्दा बढी कामदारको मृत्यु हुनसक्ने बताएको छ। गार्जियनले आप्रवासी कामदारको अवस्था बारेमा श्रृखलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि कतारले त्यसक्षेत्रमा सुधार गर्ने प्रतिवद्धता जनाएको थियो। कतार सरकारले अनुसन्धानमा नियुक्त गरेको अन्तर्राष्ट्रिय ल फर्म डिएलए पिपरले मेमा प्रकाशित सो प्रतिवेदनको आधारमा सुधार गर्ने प्रतिवद्धता जनाएको थियो।
तर कतारले सामान्य सुधारमात्रै गरेको आरोप लगाउँदै आएका मानवअधिकारवादी संस्थाहरुले सो प्रतिवेदनको सिफारिस अनुसार ५० डिग्री सेल्सियसभन्दा तातोमा निरन्तर रुपमा लामो समयसम्म काम गर्दा पर्ने असर बारेमा पर्याप्त अनुसन्धान नभएको बताएका छन्।
नेपाल वैदेशिक रोजगारी प्रवर्द्धन बोर्डअनुसार यस वर्षको जनवरीदेखि मध्य नोभेम्बरसम्म १ सय ५७ जना निधन भएको छ। उनीहरु मध्ये ६७ जनाको हर्ट अट्याक र मुटु सम्बन्धी कारण र ३४ जनाको कार्यक्षेत्रमा भएको दुर्घटनामा निधन भएको छ। यो संख्या सन् २०१३ मा त्यसै अवधीमा १ सय ६८ थियो ।
‘लामो समयसम्म उच्च तापक्रममा काम गर्दा त्यसले गम्भीर प्रकारको समस्याको जोखिम हुन्छ । यो संख्या एकदमै चिन्ताजनक छ,’ ह्युमन राइट वाचका मध्यपूर्व क्षेत्रका अनुसन्धानकर्ता निकोलस म्याकगिसानले गार्जियनसँग भने, ‘कार्य वातावरण र बसोबास सम्बन्धी समस्याको कारण मृत्यु भएको हो की होइन भन्ने अनुसन्धान गर्ने जिम्मा कतारको हो, तर कतारले डिएलए पिपरको मृत्युको कारण बारेमा तत्काल अनुसन्धान शुरु गर्न गरेको सिफारिसलाई कार्यान्वयन गर्न ठाडै अश्विकार गरेको छ।’
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार