काठमाडौं। गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा संलग्न भएको अभियोग लागेका रामप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति काठमाडौंको बालाजुबाट पक्राउ गरेको छ ।
लामो समयदेखि फरार अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले पक्राउ गरेको अन्नपूर्ण पोस्टले जनाएको छ। अधिकारीलाई शनिबार राति नै चितवन पुर्याइएको छ। उनलाई अदालतमा उपस्थित गराउने तयारी भएको छ।
सशस्त्र द्वन्द्वको समयमा कृष्णप्रसादलाई चितवनबाट अपहरण गरेर हत्या गरेको अभियोगमा गोरखाको फुजेल गाविस–७ का अधिकारीमाथि जिल्ला अदालत चितवनमाकर्तव्य ज्यान मुद्धा चलिरहेको छ।
पीडित परिवारले किटाणी जाहेरीमा उल्लेख गरिएका फुजेलकै अन्य अभियुक्त रामप्रसाद अधिकारी र परशुराम अधिकारीलाई करिब एक महिना हिरासतमा राखेर प्रमाण अभाव भएको भन्दै तारेखमा रिहा गरेको थियो ।
अधिकारीको हत्यामा संलग्न अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । भाइको हत्यामा संलग्न भएको भन्दै कृष्णप्रसादका दाजु नुरप्रसादले ११ जना विरुद्ध प्रहरीमा किटाणी जाहेरी दर्ता गराएका थिए ।
कृष्ण प्रसादको हत्याको आरोपीलाई कारवाहीको माग गर्दै अनसन बसेका पिता नन्दप्रसादको कातिक महिनामा थियो। अनसन बसेको ३ सय ३२ दिनमा उनको निधन भएको थियो। नन्दप्रसादकी पत्नि गंगामायाले अनसन तोडेपनि उनको वीर अस्पतालमा उपचार भैरहेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते