काठमाडौं। गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या प्रकरणमा संलग्न भएको अभियोग लागेका रामप्रसाद अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति काठमाडौंको बालाजुबाट पक्राउ गरेको छ ।
लामो समयदेखि फरार अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी टोलीले पक्राउ गरेको अन्नपूर्ण पोस्टले जनाएको छ। अधिकारीलाई शनिबार राति नै चितवन पुर्याइएको छ। उनलाई अदालतमा उपस्थित गराउने तयारी भएको छ।
सशस्त्र द्वन्द्वको समयमा कृष्णप्रसादलाई चितवनबाट अपहरण गरेर हत्या गरेको अभियोगमा गोरखाको फुजेल गाविस–७ का अधिकारीमाथि जिल्ला अदालत चितवनमाकर्तव्य ज्यान मुद्धा चलिरहेको छ।
पीडित परिवारले किटाणी जाहेरीमा उल्लेख गरिएका फुजेलकै अन्य अभियुक्त रामप्रसाद अधिकारी र परशुराम अधिकारीलाई करिब एक महिना हिरासतमा राखेर प्रमाण अभाव भएको भन्दै तारेखमा रिहा गरेको थियो ।
अधिकारीको हत्यामा संलग्न अभियोगमा पक्राउ परेका छविलाल पौडेल र भीमसेन पौडेललाई चितवन जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । भाइको हत्यामा संलग्न भएको भन्दै कृष्णप्रसादका दाजु नुरप्रसादले ११ जना विरुद्ध प्रहरीमा किटाणी जाहेरी दर्ता गराएका थिए ।
कृष्ण प्रसादको हत्याको आरोपीलाई कारवाहीको माग गर्दै अनसन बसेका पिता नन्दप्रसादको कातिक महिनामा थियो। अनसन बसेको ३ सय ३२ दिनमा उनको निधन भएको थियो। नन्दप्रसादकी पत्नि गंगामायाले अनसन तोडेपनि उनको वीर अस्पतालमा उपचार भैरहेको छ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल