काठमाडौ। श्रम तथ रोजगार मन्त्रालयका सचिव सूर्य श्रेष्ठले वैदेशिक रोजगार नीति र विदेशी रोजगार ऐन परिमार्जन गर्न आवश्यक भएको बताएका छन्। रासससँग कुरा गर्दै श्रेष्ठले नीति र ऐन पुरानो भैसकेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका मानवअधिकारको रक्षा गर्ने गरी नयाँ कानुन ल्याउनु पर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाउने तयारी भैरहेको समयमा सरकारी अधिकारीको यस्तो धारणा आएको हो। अन्तर्राष्ट्रिय आप्रवास दिवस बुधबार मनाइदै छ।
यसैबीच वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड कार्यकारी निर्देशक रघुराज काफ्लेले विदेशबाट फर्किने युवालाई यही काम गर्ने वातावरण निर्माण गर्ने समय आइसकेको बताएका छन् ।
देशभित्र उचित रोजगारी पाउन नसकेका कारण प्रत्येक दिन १ हजार ५ सय नेपाली युवा रोजगारीका लागि विदेशिने गरेका सरकारी तथ्याङ्कले देखाएको छ।
वैदेशिक रोजगार विभागले राखेको दुई दशकको तथ्याकंमा रोजगारीका लागि विदेशीने नेपालीको संख्या ३४ लाख ७० हजारभन्दा बढी रहेको देखाएको छ।
२०५०/०५१ देखि २०७०/०७१ सम्मको तथ्याङ्कमा गैरकानुनी माध्यमबाट र कामका लागि भारत जाने नेपालीको तथ्याकं छैन। सन् २०११ को जनगणनाले १९ लाख मानिस विदेशमा रहेको देखाएको छ। त्यसमा ८७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला छन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते