काठमाडौ। श्रम तथ रोजगार मन्त्रालयका सचिव सूर्य श्रेष्ठले वैदेशिक रोजगार नीति र विदेशी रोजगार ऐन परिमार्जन गर्न आवश्यक भएको बताएका छन्। रासससँग कुरा गर्दै श्रेष्ठले नीति र ऐन पुरानो भैसकेको भन्दै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका मानवअधिकारको रक्षा गर्ने गरी नयाँ कानुन ल्याउनु पर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाउने तयारी भैरहेको समयमा सरकारी अधिकारीको यस्तो धारणा आएको हो। अन्तर्राष्ट्रिय आप्रवास दिवस बुधबार मनाइदै छ।
यसैबीच वैदेशिक रोजगार प्रवर्द्धन वोर्ड कार्यकारी निर्देशक रघुराज काफ्लेले विदेशबाट फर्किने युवालाई यही काम गर्ने वातावरण निर्माण गर्ने समय आइसकेको बताएका छन् ।
देशभित्र उचित रोजगारी पाउन नसकेका कारण प्रत्येक दिन १ हजार ५ सय नेपाली युवा रोजगारीका लागि विदेशिने गरेका सरकारी तथ्याङ्कले देखाएको छ।
वैदेशिक रोजगार विभागले राखेको दुई दशकको तथ्याकंमा रोजगारीका लागि विदेशीने नेपालीको संख्या ३४ लाख ७० हजारभन्दा बढी रहेको देखाएको छ।
२०५०/०५१ देखि २०७०/०७१ सम्मको तथ्याङ्कमा गैरकानुनी माध्यमबाट र कामका लागि भारत जाने नेपालीको तथ्याकं छैन। सन् २०११ को जनगणनाले १९ लाख मानिस विदेशमा रहेको देखाएको छ। त्यसमा ८७ प्रतिशत पुरुष र १३ प्रतिशत महिला छन्।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल