काठमाडौं। विद्यार्थी संगठनहरुले संविधान निर्माणका लागि दवाव दिन संविधानसभा बाहिर उङ्ने जुलुस गर्ने भएका छन्। अनेरास्वियुको कार्यालयमा भएको ११ वटा विद्यार्थी संगठनले ६ सय १ जना निदाएका उङ्ने सभाषदहरुलाई व्यङ्ग गर्दै अभियान गर्दै पुस ८ गते व्यङ्ग जुलुस गर्ने निर्णय गरेको हो।
त्यसैगरी पुस १३ गते सबै पेशागत संगठनहरु, आम नागरिक र युवा बिद्यार्थी संगठनको उपस्थितिमा समयमै संबिधान जारि गराउन दवाव स्वरूप सार्वजनिक सडक बहस संचालन गर्ने भएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख अशेष घिमिरेले बताएका छन्।
अनेरास्ववियुले संबिधान निर्माणको लागि संचालन गरेको मेची महाकाली दबाब आन्दोलन सबैको साझा आन्दोलनको रुपमा ग्रहण गर्ने र बुधबार देशभरी बाट तीन दिन लगाएर संकलन गरिएको करिव दस लाख हस्ताक्षर सभामुखलाई सबै संगठनले बुझाउने निर्णय गरेको छ ।
अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल पाँचौ, विभिन्न मधेसी बिद्यार्थी संगठन, राप्रबिसंघ लगायतका संगठनहरुले प्रत्येक शुक्रबार रचनात्मक शुक्रबारका रुपमा मनाउने भएका छन्। त्यसको शुरुवात आगामी शुक्रबार रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा भेला भएर सरसफाइ कार्यक्रम गर्ने भएका छन्।
बिहीबार अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न र त्रिविले शुरुवात गरेको सेमेस्टर प्रणालीको स्तरोन्नति का लागि त्रिविका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ।
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल