काठमाडौं। विद्यार्थी संगठनहरुले संविधान निर्माणका लागि दवाव दिन संविधानसभा बाहिर उङ्ने जुलुस गर्ने भएका छन्। अनेरास्वियुको कार्यालयमा भएको ११ वटा विद्यार्थी संगठनले ६ सय १ जना निदाएका उङ्ने सभाषदहरुलाई व्यङ्ग गर्दै अभियान गर्दै पुस ८ गते व्यङ्ग जुलुस गर्ने निर्णय गरेको हो।
त्यसैगरी पुस १३ गते सबै पेशागत संगठनहरु, आम नागरिक र युवा बिद्यार्थी संगठनको उपस्थितिमा समयमै संबिधान जारि गराउन दवाव स्वरूप सार्वजनिक सडक बहस संचालन गर्ने भएको अनेरास्ववियुका प्रचार विभाग प्रमुख अशेष घिमिरेले बताएका छन्।
अनेरास्ववियुले संबिधान निर्माणको लागि संचालन गरेको मेची महाकाली दबाब आन्दोलन सबैको साझा आन्दोलनको रुपमा ग्रहण गर्ने र बुधबार देशभरी बाट तीन दिन लगाएर संकलन गरिएको करिव दस लाख हस्ताक्षर सभामुखलाई सबै संगठनले बुझाउने निर्णय गरेको छ ।
अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल पाँचौ, विभिन्न मधेसी बिद्यार्थी संगठन, राप्रबिसंघ लगायतका संगठनहरुले प्रत्येक शुक्रबार रचनात्मक शुक्रबारका रुपमा मनाउने भएका छन्। त्यसको शुरुवात आगामी शुक्रबार रत्न राज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा भेला भएर सरसफाइ कार्यक्रम गर्ने भएका छन्।
बिहीबार अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्न र त्रिविले शुरुवात गरेको सेमेस्टर प्रणालीको स्तरोन्नति का लागि त्रिविका पदाधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते