लन्डन । आइतबार सांझ लन्डन एक्सेलमा सम्पन्न ६४ औं मिस वर्ल्डको ताज त अफ्रिकन सुन्दरी रोलेन स्ट्रउस्को पोल्टामा परेको छ । तर, मिस नेपाल सुविन लिम्बुलाई पराजय बेहोर्नु परेपनि उत्ति पश्चाताप छैन् । ‘मैले हारेर पनि जितेको महशुस भएको छ’, सुविनले भनिन्, ‘विश्वभरका नेपालीले मप्रति दर्शाउनु भएको माया जित्न सकें, त्यो नै मेरो मुख्य उपलव्धि हो ।’
उनले नेपाल देश सानो भएपनि मिस वर्ल्डको परफर्मेन्स् कुनै कमी नभएको उल्लेख गरिन् । ‘देश गरिव भएर वा प्रशिक्षण अभावले हारेको भन्दिन म’, उनी वचाउ गर्दै थिइन् ।
नेपालको प्रतिनिधित्व गर्दै लिम्बु पहिरन मेख्लीमा प्रस्तुत भएकी सुविनले उपाधिविहीन भएपनि नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमार्फत चिनाउन पाएकोमा गर्व लागेको बताइन् । ‘लिम्बु पहिरन आफ्नै जातको जस्तो लागेपनि ढाकाबाट निर्मित मेख्लीले नेपालीपन र संस्कृति नै झल्काएको थियो’, उनले भनिन् ।
सुविन एकसय २१ प्रतिष्पर्धीका साथ तीन चरण र्याम्पमा उत्रिइन् । कल्चरल ड्रेसमा पहिलो राउण्ड, दि भ्याम्पस् व्याण्डसंगै दोश्रो र अन्तिम इभिनिङ गाउनमा देखिएकी हुन् सुविन । उनलाई हौसला प्रदान गर्न परिवार, मिस यूके नेपाल टिम र अन्य नेपालीहरु नेपालको झण्डा नै बोकेर एक्सेल पुगेका थिए । तर, नाचगान भनेपछि आंखा चिम्लिएर ओइरिने नेपालीहरु मिस वर्ल्ड इभेन्टमा भने ज्यादै कम देखिए ।
गत २० नोभेम्बरमा लन्डन उत्रिएकी उनले मिस वर्ल्ड प्रतियोगिता समापन अघि आयोजकसंगै लन्डनका विभिन्न शहर डुलिन् । प्रशिक्षणका क्रममा विश्वभरका सुन्दरीहरुसंग साक्षात्कार पनि । ‘शुरु शुरुमा भाषा नबुझ्दा हेलमेल हुन अप्ठेरो भयो’, उनको अनुभव छ, ‘पछि पछि त हामी सहभागीबीच वातचित, लुगा साटासाट र हांसखेल गरेर बितायौं । विश्वभरको वहुसंस्कृतिलाई नजिकबाट नियाल्ने अवसर पाएं ।’
मिस वल्र्ड सकिएपछि अहिले बाबु आमासंगै बेलायतको ग्रेज बसिरहेकी सुविन ४ जनवरीमा नेपाल फर्कनुअघि फेरि लन्डन घुम्ने दाउमा छिन् । ‘परिवारसंगै घुम्नुको बेग्लै मज्जा छ नि’, पहिलोपटक बेलायत आएकी उनले भनिन् । सुविनका भूपू ब्रिटिश गोर्खा बाबु, आमा र बहिनी बेलायत बसेपनि उनी भने १८ वर्ष नाघिसकेकाले परिवारबाट टाढिएर नेपाल नै बस्नु परेको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?