काठमाडौ। काठमाडौं र बंगलादेशको राजधानी ढाकाबीच सिधा बस सेवा शुरु गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ। काठमाडौं–ढाकाबीच सिधा बस सेवा शुरु गर्न बंगलादेशले गत वर्ष राखेको प्रस्तावमा नेपालले स्वीकार गरेको बंगलादेशी सञ्चार माध्यमहरुले जनाएको छ। अर्को वर्षबाट सेवा शुरु हुने संभावना भएको अधिकारीहरुले बताएका छन्। 
सिधा बस सेवा शुरु भए बंगलादेशी पर्यटकलाई नेपाल आउन र उच्च शिक्षा अध्ययन गर्न बंगलादेश जान सहज हुनेछ ।
काठमाडौं ढाका रुटमा बस चलाउन धेरै वटा बस समितिले इच्छा देखाएको बंगाली सञ्चार माध्यमले जनाएको छ।
‘हामीले नेपाली सरकारलाई यस सम्बन्धी प्रस्ताव अघिनै बुझाइ सकेका छौं । उहाँहरुले पनि सिधा बस सेवा चलाउन इच्छा देखाउनु भएको छ’, नेपालका लागि बंगलादेशकी राजदूत मफ्सी बिन्तेले भनिन, ‘ यो विषयमा नेपाल सरकारले विचार गरिरहेको छ।’
नेपाल सरकारले बस सेवा बारेमा सौद्धान्तिक सहमति जनाइसकेको बनाउँदै उनले सार्क सम्मेलनपछि सबै विषय तीव्र रुपमा अघि बढेको जानकारी गराइन्। उनले भनिन्, ‘सम्झौतामा हस्ताक्षर गर्नुअघि संयुक्त प्राविधिक समितीबाट छलफलको माध्यममा धेरै विषयलाई अन्तिम रुप दिन बाँकी छ।’
बंगलादेशले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास (इसिमोड) को भूगोल सूचना प्रणालीमा विज्ञहरुले तयार पारेको सडकको रुट नक्सा पनि बुझाएको छ।
प्रस्तावित रुटअनुसार काठमाडौ-ढाकाबीचको दुरी १ हजार १ सय ८४ किलोमिटर हुने र यात्राको अवधी २२ घण्टा हुने छ। यसमा ढाकाबाट बगलाबन्धसम्म ५ सय १० किमी, बगलाबन्धबाट पानीटंकी हुँदै काकभिट्टा ५६ किमी, काकड्भिट्टाबाट काठमाडौं ६ सय १८ किमी छ । बंगलादेशमा करिब ४ हजार ५ सय नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययन गर्दछन्। प्रत्येक वर्ष ७ सय विद्यार्थी मेडिसिन र इञ्जिनियरिङको अध्ययन गर्न बंगलादेश जाने गरेका छन्। यो संख्या प्रत्येक वर्ष बढ्ने गरेको छ। अधिकांश विद्यार्थी बसबाट यात्रा गर्ने गरेका छन्।
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ