लण्डन । तनहुँको खैरेनीटार क्षेत्रबाट युकेमा बसोबासरत नेपालीहरुको संस्था खैरेनीटार सेरोफेरो समाजले सेराटारमा समाजघर बनाउन सहयोग गर्ने भएको छ ।
समाजको गतसाता लण्डनमा सम्पन्न वार्षिक भेटघाटका अवसरमा उपस्थित गाउँलेहरुबाट सो समाज घर निर्माणका लागि ६ लाख ५ हजार रुपियाँ संकलन भएको समाजका सल्लाहकार तथा नेपाली टिभीका निर्देशक मोहन गुरुङले जानकारी दिए । सहयोग संकलनलाई अझै प्रभावकारी बनाइ छिट्टै सहयोग हस्तान्तरण गरिने पनि गुरुङले बताए ।
समाजका अध्यक्ष रत्नबहादुर गुरुङको अध्यक्षता तथा महासचिव राजेन्द्र राना र सहसचिव सुस्मिता गुरुङले सञ्चालन गरेको सो वार्षिक भेटघाटमा सल्लाहकार मोहन गुरुङ, सल्लाहकार किसन गुरुङ र समाजका अग्रज रामबहादुर गुरुङले मन्तब्य दिएका थिए । समाजकी कोषाध्यक्ष निर्मला थापाले आयव्यव विवरण पेश गरेकी थिइन् ।
कार्यक्रममा समाजका महासचिव राजेन्द्र राना र श्रीमती हेमा रानाकी छोरी रैसा राना, नरबहादुर थापा र साहिरा थापाकी छोरी रीना थापा, सल्लाहकार कृष्णदेवी गुरुङकी छोरी रत्ना गुरुङ र गंगा गुरुङकी छोरी प्रिया गुरुङ र किसन गुरुङ र युवा गुरुङका छोरा रोशन गुरुङलाई यसैवर्ष विभिन्न विश्वविद्यालयबाट स्नातक तथा स्नातकोत्तर गरेकोमा सम्मान गरिएको थियो । यसैवर्ष विवाह बन्धनमा बांँधिएका समाजका उपाध्यक्ष चुनबहादुर गुरुङका छोरा मिनबहादुर गुरुङ र अनिता गुरुङलाई पनि बधाई दिइएको थियो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक