लन्डन । अधिवेशन सकिएको झण्डै १४ महिनातिर योगेन्द्रबहादुर क्षेत्रीले अघिल्लो कार्यसमितिले आफ्नो नेतृत्वको कार्यसमितिलाई आर्थिक विवरण हस्तान्तरण नगरेको भन्ने गम्भीर आक्षेप लगाएपछि एनआरएनए यूके विवादले नयां रुप लिएको छ ।
गत ५ डिसेम्बरमा क्षेत्रीले गैर आवासीय नेपाली संघ, बेलायतको अध्यक्षका रुपमा एउटा विज्ञप्ति निकालेर ‘कुल आचार्य अध्यक्ष रहेको तथा महेन्द्र कंडेल उपाध्यक्ष रहेको विगतको कार्यसमितिले महाधिवेशनमा घोषणा गरे बमोजिम आर्थिक विवरण मेरो नेतृत्वमा रहेको कार्यसमितिलाई आजसम्म पनि हस्तान्तरण गरेको छैन्’ भनेपछि अघिल्लो कार्यसमिति क्षेत्रीप्रति रुष्ट बनेको हो । हजारौं सदस्य सहभागी अधिवेशनले पारित गरेको आर्थिक प्रतिवेदनबारे अहिले खोजी हुंदा अघिल्लो कार्यसमिति आश्चर्यचकित छ ।
पूर्व अध्यक्ष कुल आचार्यले गत वर्ष १५ सेप्टेम्बरमा आयोजित संस्थाको पांचौं राष्ट्रिय अधिवेशनमा कोषाध्यक्ष दिलराज गुरुङको आर्थिक प्रतिवेदनलाई हजारौं जनमानस र मिडिया उपस्थित अधिवेशनले पारित गरिसकेको अवस्थामा अहिले आएर त्यस्तो आक्षेप लगाउनु हांस्याष्पद र असान्दर्भिक भनेका छन् ।
‘केही व्यक्ति समाजलाई विभाजन र दिग्भ्रमित पार्ने कार्यमा लागेका छन्’, आचार्यले वीनेपालीसंग भने, ‘एकाउन्टेन्टले अडिट गरेर आय व्यय हिसाव एवं मौज्जाद नगद जिन्सी पारदर्शी ढंगले बुझाइ सकेपछि अहिले त्यस्ता प्रसंग निकाल्नु समाज भांड्ने काममात्र हो ।’
आचार्यले शालिनता अपनाएर मौन बस्दा समाज विखण्डित हुने डरले आफूहरु मौनता तोड्न वाध्य भएको बताए । उनले आफ्नो कार्यकालको आयव्यय आर्थिक हरहिसाव छानवीन गर्न गठित समितिका संयोजक सूर्य गुरुङलाई हस्तान्तरण गरिएको पनि जनाएका छन् ।
आचार्यकै कार्यसमितिका राष्ट्रिय संयोजक रामशरण सिम्खडाले १५ सेप्टेम्बरको अधिवेशनमा आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरि २९ नोभेम्बरका दिन मौज्जाद रहेको नगद ६७ हजार ९ सय ८० पाउण्ड योगेन्द्र क्षेत्रीको कार्यसमितिलाई हस्तान्तरण गरिएको जनाए ।
सिम्खडाका भनाइमा २९ नोभेम्बरसम्मको मौज्जाद, चेक बुक र बैंक खाता बुझेपछि नयां कार्यसमितिका अध्यक्ष क्षेत्री, महासचिव योगकुमार फगामी र कोषाध्यक्ष दासुराम पाण्डे एवं पुरानो कार्यसमितिका अध्यक्ष कुल आचार्य, महासचिव रामशरण सिम्खडा र कोषाध्यक्ष दिलरास गुरुङले हस्ताक्षर समेत गरेका छन् ।
संस्थाको सर्वोच्च निकाय अधिवेशनले पारित गरि मञ्चमै हस्तान्तरण गरेको विषयलाई अहिले केही पाएको छैन् भन्नु मानसिक दरिद्रता भएको सिम्खडाको टिप्पणी छ । क्षेत्रीले आफ्नो कार्यकालमा भएका कमीकमजोरी लुकाउन अहिले अप्रसांगिक सन्दर्भ ल्याएर जन भावना बटुल्ने दुष्प्रयास गरेको सिम्खडाले बताए । ‘क्षेत्रीले आर्थिक अपचलन गरेको त म भन्दिन तर आफ्नो कमजोरी ढाकछोप गर्न अनावश्यक लाञ्छना लगाएका छन्’, सिम्खडाको रोष थियो ।
आचार्य नेतृत्वको कार्यसमितिका कोषाध्यक्ष दिलरास गुरुङले आफूले पारदर्शी ढंगले आर्थिक हरहिसाव बुझाइसकेको जनाउंदै अहिले बुझिन भन्नु आश्चर्यजनक भएको बताए । ‘कोषाध्यक्ष यसबारे मौन बस्ने तर अध्यक्षले एकाएक हिसाव पाइन भन्नु रहस्यमय छ’, गुरुङले वीनेपालीसंग भने, ‘व्यक्तिगत रिसइवी सांध्न यस्ता आक्षेप लगाइएको छ जसले विभाजित एनआरएनए यूके मिल्न भन्दा झन् विखण्डित हुने अवस्था आएको छ ।’ उनले आफूहरुसंग रहेको प्रिन्टर, ल्यापटप साधारणसभामै र अरु मौज्जाद नगद नोभेम्बर २९ मा हस्तान्तरण गरिएको जनाए । ‘पुरानो र नयां कार्यसमितिका पदाधिकारीहरु सबैले सहर्ष स्वीकारी हस्ताक्षर समेत भएको छ’, उनले भने ।
अघिल्लो कार्यसमितिले उपलव्ध गराएका आर्थिक कारोवारका दस्तावेज
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो